चलचित्र 'जेरी अप टप' फ्लोरमा जानको लागि तयार छ । यती बेला चलचित्रको लागी संगीतको खोजी गर्दै निर्माण कम्पनिले आवेदन आह्वान गरेको छ ।
इच्छुक जो कसैले पनि 'जेरी अन टप'को प्रेमिल पृष्ठभुमीमा रहेर संगीत तयार गरि यहि भदौ मसान्तसम्म अनन्या फिल्मस्'को आधिकारिक इ-मेल ananyafilms1@gmail.com मा पठाउन सकिने निर्माता सरोज न्यौपानेले बताए । चलचित्रमा कालिप्रसाद बाँस्कोटा, रिकेश गुरुङ र जोहन चाम्लिङ राई सांगीतिक डिपार्टमेन्टमा छन् ।
सुयोग गुरुङको निर्देशनमा बन्ने चलचित्रमा अनमोलसँगै अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ प्रमुख अभिनयमा रहनेछन् । 'जेरी अन टप'लाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण अधिकार लिएको छ ।