चलचित्र 'कार्साङ'को छायाङ्कन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको चलचित्रको छायाङ्कन २२ दिन लगाएर पुरा भएको हो ।
चलचित्रको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायाङ्कन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।
कलाकारहरूको बलियो लाइनअप रहेको चलचित्र 'कार्साङ' यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो ।
सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ। चलचित्रमा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय रहेनछ। बाल कलाकारमा राशी लिम्बु र सोहन थापाले अभिनय गर्दै छन्।