भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’को बिहीबार सार्वजनिक ट्रेलर यतिबेला युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । ट्रेलर सार्वजनिक भएका १९ घण्टामा १० लाख ६३ हजार ३ सय ६० बढी दर्शकले ट्रेलर हेरिसकेका छन् ।
एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । ट्रेलरमा नायिका पूजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ । चलचित्रमा नायक पल शाहले दोहोरो भूमिका निभाएका छन् । ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ । दुई पात्रको द्वन्द्व पूजाकै कारण हुने भन्ने प्रष्ट देखाइएको छ ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको चलचित्रकी निर्माता पूजा शर्मा हुन् । चलचित्रमा सुशन पाठक कार्यकारी निर्माता छन् ।
चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्त कुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।