एक्सन तथा सोसल ड्रामा चलचित्र ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ। चलचित्रमा नायक राज कटुवाल जोडिएका छन् । कटुवाल शुक्रवार अनुबन्धित भएका हुन् । 

निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्रमा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् । यो सङ्गै चलचित्रका मुख्य कलाकारहरूको लाइन अप पूरा भएको छ ।

चलचित्र भदौको अन्तिम साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ ।