तीजको अवसर पारेर भदौ २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘देवी’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अभिनेत्री शिल्पा मास्के मात्रै फिचर्ड छिन् ।
रोहित शाक्य सङ्गीत निर्माता तथा शब्द रचना, कम्पोज र स्वर स्वप्नील शर्माको छ । मिङ्मा डि लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा बशिष्ठ घिमिरेको छायाङ्कन, उज्ज्वल जोशीको कलर तथा सन्तोष दवाडीको सम्पादन रहेको छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको देखिन्छ ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रका निर्देशक सञ्जोग राई हुन् ।
चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ ।
रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको चलचित्रको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।