असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'खुस्मा'को दोस्रो गीत 'रुकुम मैकोट' सार्वजनिक भएको छ । एसडी योगीको सङ्गीत तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा सङ्गीतकार योगी र शान्ति श्री परियारको स्वर रहेको छ ।  

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार धिरज र उपासनासँग अन्य कलाकारहरू फिचर्ड छन् । रिकेश गुरुङ सङ्गीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । 

चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन रहेको छ । 

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्र 'खुस्मा'मा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।