श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र 'हन्टर' निर्माणको घोषणा गरिएको छ । चलचित्रको मुख्य भूमिका (नायक)मा अरुण क्षेत्री रहनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत चलचित्रमा काम गरिसकेका छन् । अन्य कलाकारबारे केही दिनपछि गराइने निर्माण पक्षले बताएको छ ।
चलचित्रलाई जीवन सिंहले निर्देशन गर्नेछन् । उनको यो डेब्यु चलचित्र हो ।
क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।
चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ ।