शुक्रबारबाट करिब १०० भन्दा बढी हलमा प्रर्दशन भएको चलचित्र 'फाटेको जुत्ता'ले शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको छ । शुक्रबार र शनिबार मात्रै चलचित्रले करोड माथिको व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

शनिबार चलचित्रको प्रतिक्रिया बुझ्नका लागि निर्माता अर्जुन कुमार, निर्देशक साथै कलाकारहरु हल हल पुगेका थिए । हलमा दर्शकको उपस्थितिले हौसला मिलेको निर्देशक निकेश खड्का बताउछन् ।