चलचित्र ‘सानो संसार’को गीत ‘मग मग फूलबारी’ सार्वजनिक गरिएको छ। संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र संगीतकार सिवाकोटीको स्वर छ । विवाहको सेटअपमा तयार पारिएको गीतमा चलचित्रका प्रायः सवै मुख्य कलाकारहरु फिचर्ड छन् । शरद महतोले खिचेको सार्वजनिक गीतको भिडियोमा सुजैन खड्का र मनोज खड्काको कोरियोग्राफी हेर्न सकिन्छ ।

पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रलाई सिद्धार्थ पुडार्सनीले निर्देशन गरेका हुन् । चलचित्रमा सीतादेवी तिमल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । चलचित्रमा प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको छ । ‘सानो संसार’को डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।

असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘सानो संसार’ राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण भएको हो । अर्जुन कसमार निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुन् ।