प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा तयार भएको चलचित्र 'हामी तीन भाई' को पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा मधुसुदन भट्टराईको कथा निर्देशन रहेको छ भने कलाकारहरु विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आस्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, सुस्मा निरौला र विष्णु सापकोटा(हर्के हवल्दार) लगायतको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा पटकथा र संवाद शिवम अधिकारीको रहेको छ भने छायाङ्कन शिव ढकालले गरेका छन् । चलचित्रमा साप शक्ति र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ भने द्वन्द निर्देशन देव महर्जनले गरेका छन् ।

समग्रमा  'हामी तीन भाई' विशुद्ध पारिवारिक र नेपाली दाजुभाई दिदी बहिनीहरू सबैले एक पटक हेर्नै पर्ने चलचित्र बनेको र चाडैं नै रिलिज मिति सार्वजनिक गर्ने तयारी रहेको निर्माता त्रिरत्न श्रेष्ठले जानकारी दिए ।

चलचित्रलाई  त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् भने  विक्रम तामाङ कार्यकारी निर्माता हुन् ।