मल्टिस्टारर चलचित्र ‘पिताम्बर’को छायाङ्कन सुरु गरिएको छ । भदौ १० गते सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा बालाजुस्थित एनएफडीसी ल्याबबाट चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।

दोस्रो चरण छायाङ्कनको पहिलो दिन अभिनेता प्रदीप खड्का र सौगात मल्लको मुहूर्त सटबाट छायाङ्कन सुरु गरेको चलचित्रकी निर्देशक कृषा चौलागाईले बताइन् । ‘पिताम्बर’ निर्देशक कृषाको ‘ऐँचो पैँचो’ पश्चात् यो दोस्रो निर्देशकिय चलचित्र हो ।

चलचित्रमा सौगात र प्रदीपका अलवा दयाहाङ राई, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, बिशाल पहारीको अभिनय रहने छ । चलचित्रमा अभिनेता आर्यन सिग्देल पनि बिशेष भूमिकामा देखिने छन् ।  

केपी फिल्मस्ले पुरुषोत्तम प्रधान फिल्मस्सँग सहकार्य गरेको ‘पिताम्बर’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रको बजेट ५ करोड बताइएको छ ।

cinepati