भ्वाइस अफ किड्स सिजन ३ कि फाइनलिस्ट द्वितिका प्रधानले गीत रेकर्डिङ सम्पन्न गरेकी छिन । उनले नक्सालस्थित अकोस्टिक स्टुडियोमा गीत रेकर्डिङ गरेकी हुन् ।
सो गीतको शब्द केवल तामाङको रहेको छ भने गीतमा सङ्गीत ताराप्रकाश लिम्बूले भरेका छन् ।

द्वितिका प्रधान अहिले नौ वर्षको भइन । उनी वेस्ट सिक्किमको सोमबारियास्थित उड्स्टक हाई स्कुलमा कक्षा ५ मा पढ्दै छिन । उनले यो कलिलै उमेरमा साङ्गीतिक क्षेत्रका धेरै भन्दा धेरै रियालिटी शोमा विभिन्न खाले उपाधी जिती सकेकी छिन् । उनले २०२१ मा सिक्किम गट ट्यालेन्टमा क्वाटर फाइनल, २०२२ को सिक्किम आइडलको टप १२, २०२३ मा सिक्किम मिनि मोडेल सिजन २ को विजेता, त्यस्तै २०२४ को भ्वाइस अफ किड्सको फाइनलिस्ट बन्न सफल भएकी छिन् ।