चलचित्र ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्कालाई लामो कपालमा अनुहार भरी घाउचोट लागेको अवस्थामा देख्न सकिन्छ । 

कात्तिक १५ गते रिलिज हुने चलचित्र ‘एक्टर’मा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । अभिनेता खड्काले पहिलो पटक चलचित्रको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् ।

राजन भुसालको निर्देशन रहेको चलचित्रका निर्माता थमन भण्डारी हुन् ।  चलचित्रको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् ।

अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका छन् । ट्राइडेन कन्सेप्टको पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् ।

चलचित्रमा शिशिर खाती र किरण थापाको कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको सङ्गीत रहेको छ ।

 

 

cinepati