चलचित्र 'बेहुली फ्रम मेघौली'को गीत 'छड्के सलाम'मा कभर भिडियो प्रतियोगिता आयोजना गरिएको छ । प्राप्त हुने मध्य बाट उत्कृष्ट एक भिडियोलाई चलचित्रमा समावेश गर्ने निर्माणपक्षले जनाएको छ ।

'बेहुली फ्रम मेघौली'को गीत 'छड्के सलाम'को कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप साइजमा कभर भिडियो बनाउनुपर्नेछ । भिडियो एचडी क्वालिटीको हुनुपर्ने निर्माणपक्षले जनाएको छ । भिडियोलाई आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेर उक्त भिडियो निर्माण पक्षको इमेलमा पठाउनुपर्नेछ ।

चलचित्रमा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । चलचित्र दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउँदै छ ।