सलोन सलिना फिल्मस् प्रा लिको ब्यानरमा निर्माण हुने चलचित्र ‘रंगी’ मा ‘मिस वर्ल्ड नेपाल २०२०’ नम्रता श्रेष्ठ अनुबन्धित भएकी छन् । सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्ममा नम्रताको ‘डेब्यू’ अभिनय रहनेछ ।

हालै निर्माण पक्षले नम्रतालाई फिल्ममा अनुबन्ध गरेको हो । नम्रताले चलचित्रको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् ।

‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशनको अनुभव संगालेका सुरेश न्यौपानले यही फिल्ममार्फत निर्देशनमा ‘डेब्यू’ गर्दै छन् ।

सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ । चलचित्रमा सौरभ लामा छायाकारका रूपमा अनुबन्धित भइसकेका छन् ।