अन्तर्राष्ट्रिय कपडा ब्रान्ड पिटर इंग्ल्याण्डको कुमारी पाटीमा नयाँ स्टोर खोलिएको छ ।अभिनेता आयुष्मान् जोशीले शुक्रवार अग्रणी अन्तर्राष्ट्रिय कपडा ब्रान्ड पिटरको उद्घाटन गरेका हुन् । नेपालमा पिटर इंग्ल्याण्डको यो तेस्रो स्टोर हो ।१८८९ मा आयरल्यान्डमा स्थापना भएको पिटर इंग्ल्याण्ड पुरुषका कपडाका लागि भारतको सबैभन्दा ठुलो ब्रान्ड हो । यसका भारतका ८ सय सहरमा १ हजार १ सयभन्दा बढी स्टोर छन् ।‘नयाँ स्टोर सुरु भएसँगै, ब्रान्डले आफ्नो उपस्थितिलाई अझ वृद्धि गर्ने र देशभरका पुरुषहरूलाई प्रिमियम तथा गुणस्तरीय विकल्पहरू प्रदान गर्दै जीवनशैलीसँग जोडिने उत्पादनहरूको बढ्दो माग पूरा गर्ने लक्ष्य राख्नेमा बिजनेस प्राइभेट लिमिटेडका निर्देशक विपिन कुमार अग्रवालको भनाइ छ । लामो समयदेखि गुणस्तर र विश्वासनीयताका लागि परिचित पिटर इंग्ल्याण्डलाई इकोनोमिक टाइम्स ब्रान्ड इक्विटी सर्वेक्षणले लगातार ७ वर्षसम्म भारतको सबैभन्दा विश्वसनीय र उत्कृष्ट पोसाक ब्रान्डको मान्यता दिएको छ ।