फिल्म ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्मको छायाँकन अपर मुस्ताङ र काठमाडौँमा गरिएको हो ।३५ दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिएको निर्माण टिमको भनाइ छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भएको यस फिल्मलाई  प्रदीप शाहीले  निर्देशन र निर्माण गरेका हुन् । साइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ।  ‘एक्लो’का निर्माता राजु कुमार गुरुङ,हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, सङ्गीता वादी श्रेष्ठ,भाइ राजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् ।अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यका साथ निर्माण गरिएको ‘एक्लो’ मा प्रदीप र बेनिशाको अलावा विजय लामा, सुनिल थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी,एवन राज उप्रेती ,कविता नेपाली , त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्री शेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।पोस्ट प्रोडक्सनको काम लन्डनमा गरिने फिल्मको प्रदर्शन मिति भने तय भई सकेको छैन।