दसैँको घटस्थापनाको अवसर पारेर आजबाट फिल्म ‘बेहुली फ्रम मेघौली’ले हलमा आफ्नो प्रदर्शन सुरु गरेको छ । सोलो प्रदर्शनमा आएको फिल्मलाई दर्शकको अत्यधिक साथ मिल्नेमा कुनै दुई मत छैन गत बुधवार फिल्मको भक्तपुरस्थित क्यूफएएक्स हलमा प्रिमियर पनि गरिएको थियो ।प्रिमियर फिल्मकर्मी देखी पत्रकारहरूसम्मको राम्रो प्रतिक्रिया पाएको थियो । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्मले इतिहासमै सर्वाधिक शोज (३४०) पाएको छ । साजन काफ्ले र आकाश बरालको लेखन एवं निर्देशनमा बनेको फिल्ममा निश्चल र स्वस्तिमाको अलावा विजय बराल, सिरु विष्ट, सिम्रन खड्का, आमिर गौतम, वसुन्धरा भुसाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारीलगायतको अभिनय छ । स्वस्तिमा र निश्चल दम्पती स्वयंको निर्माण रहेको फिल्मको कार्यकारी निर्माताहरूमा फिरोज खड्का र शंकर पाण्डे रहेका छन् l