यहि चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साँइली’ टिम यतिबेला मोफसल प्रमोसनमा रहेको छ । मोफसल प्रमोसनको क्रममा हाल यो टिम पुर्व पुगेको साइँली टिमले त्यहाँको स्कुल कलेजहरुमा प्रचारप्रसार गरेको छ ।
दोश्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतमा हरि लम्सालको संगीत छ ।
अभिनेता प्रदीप खड्काले आइतबार आफ्नो २६ औँ जन्मदिनको केक काटेका छन् । उनको रिलिज हुन लागेको चलचित्र लभ स्टेसन टिम र सञ्चारकर्मी बिचमा उनले आफ्नो जन्मदिनको केक काटेका थिए ।
डेब्यु फिल्म मार्फत नै राईजीङ स्टारको ट्याग पाएका सलिनमान बनियाँलाई प्रत्यक्षहेर्नको लागि हेटौडामा जारि औधोगिक मेलामा दर्शकको भिड उर्लिएको छ । गत फागुन १६ देखि चलिरहेको औधोगिक मेलमा शनिवार २० हजारको हाराहारीमा दर्शक रहेको आयोजकले जनाएको छन् ।
चैत्र ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कागजपत्र’ले आफ्नो प्रचार प्रसार आक्रमक रुपमा सुरु गरेको छ । अपिल बिष्टको निर्देशन रहेको चलचित्रले पहिलो चरणमा काठमाडौ, ललितपुर, भक्तपुरमा सञ्चालनमा रहेका ठुला सपिङ्ग मलमा प्रमोसन सुरु गरेको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायक द्धय सत्य स्वरूप राज आचार्य जोडिएका छन् ।
अभिनेता राजेश हमाल चलचित्र ‘प्रेमगीत ३’मा अनुबन्धित भएका छन् । निर्माता सन्तोष सेनको निर्माणमा बनेको सफल चलचित्र प्रेमगीतको तेस्रो सिरिजमा राजेश हमाल फाइनल भएका छन् । बुझिए अनुसार चलचित्रमा राजेश नाय
नायिका वर्षा सिवाकोटी अभिनीत सिनेमाहरू बक्स अफिसमा खासै सफल छैनन् । नाई न भन्नु ल २ बाट सिने नगरीमा डेव्यु गरेकी वर्षाले आधा दर्जन बढी सिनेमा काम गरिसकेकी छिन् । तर उनले अभिनय गरेका सिनेमाहरूले अपेक्षित रूपमा व्यापार गर्न सकेका छैनन् । उनी अभिनीत नयाँ सिनेमा ‘पुरानो बुलेट’ यही चैत्र १ गतेबाट प्रदर्शन हुदैँछ । जसको लागी वर्षा आशावादी देखिन्छन् ।
चैत्र १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा पुरानो बुलेटको टाइटल गीत सार्वजनिक भएको छ । ‘मेरो पुरानो बुलेटैमा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक लिरिकल गीतमा स्वर, शब्द तथा संगीत जयन जे. वाइवाको रहेको छ ।
चलचित्र ‘लिलिबिली’बाट चर्चामा रहेका जोडी प्रदीप खड्का र जसिता गुरुङको नयाँ चलचित्र ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा