नेपाल आइडल प्रथम संस्करणको सफलता पछि यति बेला नेपाल आइडल–२ को चर्चा चुलिएको छ । थिएटर राउन्ड, पियानो राउन्ड हुँदै यति बेला नेपाल आइडल सिजन २ मा गला राउन्ड भइरहेको छ । जहाँ टप १२ जना प्रतिस्प्रर्धीहरु छन् । गला राउण्डसँगै नेपाल आइडलमा दर्शकको भोटिङको पनि सुरु भइसकेको छ
चलचित्र रामकहानीबाट नायक आकाश श्रेष्ठको चर्चा चुलिएको छ । उनी पछिल्लो समय व्यस्त नायक भित्र पर्छन् । यति बेला आकाश नयाँ चलचित्रमा अनुबन्धित भएको खबर बाहिरिएको छ ।
केही समयअघि राजधानीमा एक विशेष कार्यक्रम गर्दै रङ्ग पत्रकार प्रकाश सुवेदीले एक चलचित्रको निर्माण घोषणा गरे । आफ्नै निर्देशनमा बनाउन लागेको उक्त चलचित्रमा नायिकाको रूपमा वर्षा राउत फाइनल भइसकेकी छिन् । यति बेला चलचित्रमा अभिनेता दयाहाङ राई फाइनल भएको समाचार बाहिरिएको छ ।
अभिनेत्री रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘मालिका’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
आज शुक्रवार नेपाली सिनेमाघरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । जसमा निकै विवादित रहेको ‘कथा काठमाडौँ’, पत्रकार ऋषि धमलाको निर्माण रहेको ‘अनुराग’ र ‘छिरिङ रहेको छ ।
यशराज फिल्मसको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् साथै यु - ट्युबमा पनि ट्रेलरले निकै राम्रो प्रतिकृया प्राप्त गरिरहेको छ ।
फुृलपातीमा रिलिज मिति तय गरेको चलचित्र ‘जय भोले’ टिम यति बेला प्रचार प्रसारमा तीव्रताको साथ लागि परेको छ। पछिल्लो समय चलचित्र मेकरहरु कलेजहरूलाई प्रमोसनको ठुलै अ
गत साताबाट सफलताको साथ प्रदर्शन भइरहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ अब विभिन्न देशहरूमा प्रदर्शन हुने भएका । नव–नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको यो चलचित्रले यति बेला नेपालमा राम्रो प्रतिक्रियासँगै कमाई लगरिरहेको छ । यो चलचित्रको विदेश यात्रा भने अस्ट्रेलियाबाट सुरु हुने छ ।
नायक सुशील श्रेष्ठको मुख्य भूमिका रहेका चलचित्र ‘बादशाह जुट’को छायाङ्कन सकिएको छ । केही दिन एक गीतको छायाङ्कन गरिसँगै चलचित्रको सुटिङ सकिएको हो ।
आउँदो दसैँको फुलपातीमा रिलिज हुन लागेको चलचित्र ‘जय भोले’को चार पोस्टर सार्वजनिक भएका छन् । मङ्गलवार चलचित्र युनिटले पोस्टर सार्वजनिक गर्दै चलचित्रको अफिसियल रिलिज मिति पनि घोषणा गरेको हो । यस अघि दसैँमा रिलिज हुने भनिएता पनि अर्को चलचित्र छक्का पञ्जा ३ को कारण कति गते रिलिज हुने तय थिएन ।