अप्रिल १७ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुने सन् २०१९ को बहुप्रतीक्षीत हिन्दी चलचित्र‘कलंक’ को ट्रेलर सार्वजनिक गरिएको छ । केही समयअघि सार्वजनिक भएको टिजरले दर्शकबाट वाहवाही कमाएको यो चलचित्रको ट्रेलर बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । भारत स्वतन्त्र हुनु पहिलेको धनाड्य परिवारको कथा बोकेको यस चलचित्रमा भारत पाकिस्तान छुट्टिनु पुर्व सृजना भएको द्वन्दलाई देखाउन खोजिएको बताइएको छ ।

 

अभिषेक वर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा करण जोहर, साजिद नाडियाडवाला, हिरो यश जोहर र अपूर्व मेहताको लगानी रहेको छ । यसैगरी सजंय दत्त, वरुण धवन, सोनाक्षी सिंन्हा, आलिया भट्ट, माधुरी दीक्षित, आदित्य रोय कपूर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।