लामो समयमा सिनेमा क्षेत्रबाट टाढा रहेका अभिनेता रमेश उप्रेतीले निर्माताहरुसँग माफी मागेको छन् । शुक्रवार चलचित्र ‘ए मेरो हजुर २’को एक कार्यक्रममा बोल्दै रमेशले नेपाली चलचित्रका निर्माताहरुलाई आफूले निकै दुख दिएको भन्दै माफी मागेका हुन् । ‘
चलचित्र ‘ड्रिम्स’बाट रजतपटमा प्रवेश गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पछिल्लो समय व्यस्तता बढ्दो छ । चलचित्र ‘ड्रिम्स’ पछि साम्राज्ञी अभिनित प्रदर्शनको तयारीमा छन् ।
हाल चलचित्र 'कृ' को सुटिङ व्यस्त रहेका नायक अनमोल केसीको चर्चा भारतीय मिडियाले गरेको छ । उनलाई नेपालको सुपरस्टार भन्दै एक चर्चित अनलाई मिडियाले लेखेको हो । अनमोललाई नेपालको एक मात्र यस्तो कलाकार जसको सम्पूर्ण सिनेमा हिट रहेको र सबै भन्दा मंहगो कलाकार रहेको बताइएको छ ।
यस बर्षको प्रतिक्षित चलचित्र 'ए मेरो हजुर २' को ट्रेलर सार्वजनिक भएसंगै नयाँ रेकर्ड कायम गरेको छ । सार्बजनिक ट्रेलरले २४ घण्टामा ५ लाख भन्दा बढीले हेरिसकेका छन् जुन अहिले सम्म कै छोटो समयमा धेरै पटक हेरिएको ट्रेलर हो ।
असोज ११ लाई प्रर्दशन मिति तोकेर रिलिज गरिएको पहिलो गीतबाट नै चलचित्र ‘छक्का पन्जा २’ले नयाँ रेकर्ड राख्न सफल भएको छ । शुक्रबार सार्बजनिक ‘नसमाउ नाडीमा’ बोलको गीतले २४ घण्टामा सबै भन्दा धेरै पटक हेरिने रेकर्ड कायम गरेको हो ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा तराई मधेसबाट प्रतिनिधित्व गर्ने कलाकारले राम्रो सम्भावना देखाएका छन् । रंगमञ्च होस् चलचित्र क्षेत्र, दुवैमा मधेसका कलाकार सशक्त देखिएका छन् । यसै पंक्तिमा पर्छन् प्रमोद अग्रहरि ।
यसबर्षको प्रतिक्षित मानिएको चलचित्र 'ए मेरो हजुर २' को ट्रेलर सार्वजनिक भएको छ । अभिनयमा २ दशक पार गरिसकेकी अभिनेत्री झरना थापाको निर्देशनमा बनेको चलत्रित्र 'ए मेरो हजुर २'को सार्वजनिक ट्रेलरमा चलचित्रको मुख्य पात्र सलिन मान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेमलाई देखाईएको छ ।
केहि समय अघि मात्र बलिउड अभिनेत्री सन्नी लियोनीले आमा बन्न चाहेको र चाँडै नै आमा बन्ने बताएकी थिइन् । नभन्दै उनि यतिबेला आमा बनेकी छिन् । सन्नी लियोन र उनका पति डेनियल वेबरले २१ महिनाकी बालिकालाई छोरी बनाएका छन् ।
गत बर्षको सुपहहिट चलचित्र ‘छक्का पन्जा’ले सुटिङ गरेको गाँउमा स्थानियलाई एम्बुलेन्स वितरण गरेको छ । काभ्रे पलाञ्चोकको पनौति स्थित उग्रेन बचत तथा ऋण सहकारी संस्थालाई चलचित्र ‘छक्का पञ्जा’को सम्पुर्ण टिमले शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।
यो बर्षको प्रतिक्षित मानिएको चलचित्र 'छक्का पन्जा २' को गीत रिलिज भएको छ। अल्मोडा राना उप्रेती र सुजता वर्माको आवाजमा रहेको ‘ए दाजु नसमाउ’ बोलको गीत रिलिज भएको हो। प्रिन्स र अल्मोडाको संगीत रहेको गीतमा प्रिन्स र दिपराज गिरीको शब्द रहेको छ।