चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक भएको छ । शुक्रवार एक कार्यक्रमबिच चलचित्रको आइटम गीत सार्वजनिक गरिएको हो । गीतमा मीना निरौलाको स्वर रहेको छ भने सूर्यकमल राईको सङ्गीत रहेको छ ।
'द भ्वाइस अफ नेपाल'की प्रतिस्पर्धी गायिका श्रृङखला जोशीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
नेपाल आइडल दोस्रो सिजनका पवन गिरीको नयाँ गीत सार्वजनिक भएको छ । उनको दोस्रो गीत ‘बधाई छ’ सार्वजनिक गरिएको हो ।
सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको छ । मुकुन्द भट्टले निर्देशन गरेको चलचित्रको सार्वजनिक टिजरमा मुख्य अभिनेता सौगात र अर्पणलाई प्राथमिकता दिइएको छ ।
पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ गीत सार्वजनिक भएको छ । 'दुखको काँडा' बोल रहेको गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठले आवाज दिएका छन् ।
' प्रेम गर्ने जन्तर' बोलको गीत डिजिटल नेपाल नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ । दीपक महर्जनको स्वर रहेको गीत को शब्द र सङ्गीतको सिर्जना किरण पहाडीले गरेका छन् ।
गायिका अन्जु पन्तको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'ठेकी भित्र मदानी' बोलको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
विपिन कार्की स्टारर चलचित्र 'सेल्फी किंङ'को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा दुनियाँ हँसाउने हास्य कलाकारको दुखद भोगाइ प्रस्तुत गरिएको छ ।
बलिउड चलचित्र ‘मलङ’को ट्रेलर सार्वजनिक भएको छ । अनिल कपूर स्टारर चलचित्रको ट्रेलर सोमवार सार्वजनिक भएको हो ।
‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौँ संस्करण सम्पन्न भएको छ । शनिवार ललितपुरमा आयोजना भएको अवार्ड कार्यक्रममा चलचित्र कर्मीहरूको उपस्थिति बाक्लो थियो ।