कार्यक्रमका लागी नेपाल आएकी भारतीय गायिका आशा भोस्लेका साथमा नेपाली कलाकारले पनि साङ्गीतिक प्रस्तुति दिए ।
शनिवार भारतीय गायिका आशा भोस्ले सहित नेपाली गायक गायिकाको प्रस्तुति रहेको कार्यक्रममा गायक ढकाल उनकी श्रीमती र छोरी सहित कार्यक्रमका उपस्थित भएका थिए ।
विपिन कार्की स्टारर चलचित्र ‘गोपी’ युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।
साधना कला केन्द्रको निमन्त्रणामा उनी नेपाल आएकी उनले शनिवार सङ्गीतकार रणजीत गजमेरको सङ्गीत रहेका केही गीत प्रस्तुत गर्ने छिन्
भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधवार अपराह्न काठमाडौँ आइपुगेकी छिन् । साधना कला केन्द्रको निमन्त्रणामा उनी नेपाल आएकी उनले शनिवार सङ्गीतकार रणजीत गजमेरको सङ्गीत रहेका केही गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिएका छन् ।
गायक सुदिन पोख्रेल करिब ८ वर्ष पछि नेपाली गीत सङ्गीत को क्षेत्रमा फर्किएका छन् । उनले लामो समय पछि 'जोस' बोलको गीत कोसेली स्वरूप लिएर आएका छन् ।
मङ्ग्लबार उनको आगामी चलचित्र ‘चपली हाईट ३’को छायाङ्कन सकियो । चलचित्रको छायाङ्कन सकिएपछि प्रेस मिट राखिएको थियो । जसमा चलचित्रका कलाकार तथा निर्देशकले चलचित्रको छायाङ्कन गर्दाका अनुभव साटे ।
गायक अशोक दर्जी, एआर बुढाथोकी, टंक बुढाथोकी नयाँ गीत गीत लिएर आउँदै छन् । मङ्गलवार बसुन्धरास्थित पानस पार्टी प्यालेसमा गीतको भिडियोको छायाङ्कन सम्पन्न भयो ।
कङ्गना रनावत अभिनीत चलचित्र 'पंगा'को ट्रेलर सार्वजनिक भएको छ । बलिउडमा सबैसँग पंगा लिए अभिनेत्रीको रूपमा चिनिएकी कङ्गनाले चलचित्रमा पनि पंगा लिइरहेको देख्न सकिन्छ ।
मिस वर्ल्ड २०१९ मा दुई उपाधि हात पार्दै उत्कृष्ट १२ मा छानिन सफल नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ स्वदेश फर्किएकी छिन् ।