धागो जस्तो हुन्छ सपनाको बाटो

बेटारिनुपर्छ कहिले आफ्नै आङ समाएर

त कहिले खुटिनुपर्छ अनेक कपडाहरुमा।

एकपटक छुटेर आफैबाट…

जिवनजस्तो चङ्गा उडाउन पनि सकिन्छ

तर,

कतै रुखमा..

बिजुलिको तारमा..

मन्दिरको गजुरमा…

घरको कौसिमा..

फेरि पनि सपनाको बाटो जसरी

बेरिनुछ अरुको आङ समाएर।।

//शिरीष//