अभिनेत्री नीता ढुङ्गानाले आइतबार राती आफ्नो जन्मदिन मनाइन् । चलचित्र क्षेत्रका परिचित अनुहार, नीताका परिवार, साथी तथा उनी निकट व्यक्तित्वहरुको उपस्थितिमा आइतबार मध्य रातमा भव्यताका साथ केक काटेर जन्मदिन मनाइन् ।
निर्मल शर्मा, कुन्जना घिमिरे, हरिहर अधिकारी, प्रशान्त ताम्राकार, नीराजन प्रधान लगायत नीतालाई जन्मदिनको शुभकामना दिन पार्टीमा सहभागी भएका थिए ।
रातो पहिरनमा सजिएकी नीता निकै राम्री र खुसी देखिन्थिन् । साथमा सहभागी भएका कलाकार र नीताका पाहुनाहरू निकै मस्ती मुडमा थिए ।