'इन्स्टाको फोटो' गीतबाट दर्शकले औधी रुचाएका असिफ शाह र रेश्मा घिमिरे लाई गीतमा फिछर्ड छन् । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन् ।
जेठ ३ गते रिलिज हुने चलचित्र ‘वीर विक्रम २’को गीत 'बाचा' रिलिज भएको छ । मङ्गबार युट्युबबाट रिलिज भएको गीतमा वर्षा सिवाकोटी र पल साह फिचर्ड छन् । तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतको कोरियोग्राफी कविराज घटराजले गरेका हुन् ।
पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियोमा व्यस्त रहेकी नायिका प्रियंका कार्की र एक समयका लोकप्रिय नायक दिलिप रायमाझीको नयाँ म्युजिक भिडियो ‘पशुपतिमा सुनैको गजुर’ सार्वजनिक भएको छ ।
नेपाली लोक भाका र लोक संस्कृती झल्कने गीत 'चिरी च्याट्टै' सार्वजनिक भएको छ । चलचित्र ''दयारानी'' मा समावेश उक्त गीतमा राजनराज सिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको छ ।
पछिल्लो समय चलचित्रमा पार्स्व गायनमा व्यस्त गायक सुगम पोख्रेल आफ्नो समयदेखी नै फरक शैलीको गीतहरु गाएर आफ्नो छुट्टै पहिचान बनाइसकेका गायक हुन् । यतिबेला उनि सुदुर पश्चिमको परिवेश झल्किने 'कर्णाली' बोलको गीत लिएर आएका छन् ।
कुनै चलचित्र सफल हुन यसमा प्रयोग भएका गीत सङ्गीत को ठुलो हात हुन्छ । त्यसै कारण पनि चलचित्र प्रदर्शन अगावै गीत सार्वजनिक गरेर चलचित्रको प्रचार प्रसार गरिन्छ । तर गत शुक्रबारदेखी प्रदर्शनमा आएको चलचित्र ' लभ स्टेसन्' ले आफ्नो एक गीत 'तिमी रुँदा'चलचित्र रिलिजको पाँच दिनपछी सार्वजनिक गरेको छ ।
पहिलो नेपाल आइडल निशान भट्टराई एक पछी अर्को साङ्गीतिक कोसेली लिएर आइरहेका छन्। यसै क्रममा मेलिना राई र निशानको आवाजमा चलचित्र 'प्रेम दिवस'को गीत ''बरु अर्को जु नी'' सार्वजनिक भएको छ ।
प्रदर्शनको मिती नजिकिँदै गर्दा चलचित्र ''ए मेरो हजुर ३''ले लगातार चलचित्रमा समावेश गीतहरु सार्वजनिक गरिरहेको छ । चैत २९ गते रिलिज हुने यस चलचित्रको गीत 'सत्य भन्छु' रिलिज भएको छ ।
नेपाल आइडल दोस्रो संस्करणका बिजेता रवी ओड आफ्नो पहिलो गीत लिएर आएका छन् । 'मिठो बोली'ले शीर्षको गीत भिडियो सहित शुक्रबार युट्युबाट रिलिज गरिएको हो ।
गायक स्वरुपराज आचार्य र बिन्दु परियारको स्वर रहेको गीत ''नदेखेको धेरै भयो'' रिलिज भएको छ । गीतलाई संगीतकार दीपक शर्माले संगीत दिएका छन्