2083 कार्तिक 6, विहिबार

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार, 'रङ्गशाला बन्छ नेपालीको' (भिडियो)

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबै तिरबाट प्रयास भैरहेका बेला गायक बद्रि पंगेनी र पुर्णकला बिसीले 'रङ्गशाला बन्छ नेपालीको' शिर्षकको गीत सार्वजनिक गरेका छन्।

‘डबल माया'मा आँचल र अनुप ( भिडियो)

शृजना खत्रीको नयाँ म्युजिक भिडियो ‘डबल माया’ सार्वजनिक भएको छ ।  यस अघि उनको नौटंकी माया’ बोलको गीतले छोटो समयमा नै युटुबमा १ करोड भ्यूज पार गर्दै दर्शक श्रोताको माया पाएको थियो ।

राजेश हमाल र मधु भट्टराईको ''जिन्दगी '' (भिडियो)

नायक राजेश हमालको साथमा उनकी धर्म पत्नी मधु भट्टराइ फिचर्ड गीत 'जिन्दगी ' सार्वजनिक भएको छ । सुनिल सिंह ठकुरीको स्वर रहेको गीतका लेखक हरी देवी श्रेष्ट हुन् भने सङ्गीत सुनिल सिंह  कै रहेको छ ।

शिल्पा र सुमनको 'पियारी' सार्वजनिक (भिडियो)

चलमेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीत 'पियारी' सार्वजनिक भएको छ । परदेशीएको मायाको पर्खाइमा रहेकी प्रेमिकाको कथा बोकेको गीतमा नायिका शिल्पा पोखरेल र सुमन खतिवडा फिचर्ड  छन्। 

मुकुटसँग सहकार्य गर्दै लिएर आए नविनले नयाँ गीत "तोडेर गयौ" (भिडियो)

गायक नबिन के भट्टराईको नयाँ गीत "तोडेर गयौ" सार्वजनिक भएको छ । रक ब्याण्ड मुकुटसँग सहकार्य गरेर निकालिएको गीतमा नकुल कार्की र रोशन कुँवरको शब्द रहेको छ भने संगीतमा पनि नकुललाइ मुकुट ब्याण्डकै रोशन कुँवरले साथ दिएका छन् ।

'कुटुमा कुटुको' नयाँ रेकर्ड, हेरियो १० करोड पटक

'कुटुमा कुटु' गीतले अर्को रेकर्ड  राख्दै पहिलो चोटी  १० करोड भियुअर्स कमाउने  नेपाली गीत बनेको छ । युट्युबमा रिलिज भएको २३ महिनामा गीतलाई १० करोड भन्दा धेरैले हेरेका हुन् ।

'हजार जुनीसम्म’ को पहिलो गीत 'एम.जी रोडैमा' सार्वजनिक (भिडियो )

चलचित्र  ‘हजार जुनीसम्म’को पहिलो गीत 'एम जि रोडैमा' सार्वजनिक भएको छ । विकाश राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ भने शब्द तथा संगीत पनि राजनराजकै रहेको छ ।

समिद्धिको नयाँ गीत 'म दामी छु' (भिडियो)

समिद्धि राईको नयाँ गीत 'म दामी छु' सार्वजनिक भएको छ । युट्युबबाट म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतमा समिद्धिकै शब्द रहेको छ भने ब्रीजेश श्रेष्टले स्ङ्गेत संयोजन गरेका हुन् ।

बिपिन, रबिन्द्र झा र रबिन्द्र सिहं भन्छन् ''जिवन जात्रा हो'' (भिडियो )

जेठ ३ गते प्रदर्शनको लागी तयारी गरिरहेको चलचित्र ''जात्रै जात्रा''को नयाँ गीत 'जिवन जात्रा हो' सार्वजनिक भएको छ । काली प्रसाद बाँंस्कोटाको स्वर र संगीत रहेको गीतलाई अर्जुन भट्टराइले लेखेका हुन् ।

आए सलीन र मलिका 'फ्लाईङ फ्लाईङ' भन्दै (भिडियो )

चैत २९ देखी प्रदर्शन भइरहेको चलचित्र 'यात्रा'को 'फ्लाईङ फ्लाईङ' शिर्षकको गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रकी डेब्यु नायिका मलिका महतले सलीन मान बनियाँसँग रोमान्स गरेकी छिन् ।