आमाको मुख हर्ने दिनको अवसर पारेर लेखु सहयात्रीको शब्द तथा अवाजामा रहेको ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ। राजन खतिवडाको सङ्गीत रहेको गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ।
गायक टङ्क बुढाथोकीको स्वर र सङ्गीतमा र चर्चित नृत्य समूह ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘रेली माई’ बोलको गीतमा स्वर, शब्द तथा सङ्गीत टङ्क बुढाथोकीको रहेको छ ।।
चर्चित गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ’दाइ नभन्नू ल’को गीत हालै युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतको भिडियोबाट नयाँ डान्स ग्रुप नेपाली सङ्गीत उद्योगमा भित्रिएको छ ।
पहिलो ‘नेपाल आइडल’ बुद्ध लामा पहिलो पटक आफ्नै वास्तविक स्वरको गीत–गजल लिएर दर्शक तथा श्रोतामाझ आएका छन् ।
गायक अनुप ओझाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘वारिको डाँडामा म...’ बोलको म्युजिक भिडियो हालै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गीतको शब्दलाई गायक स्वयम् आफैले रचना गरेका हुन् । अभिनेता पल शाह र क्रिश्टीना थापाको अभिनय रहेको गीतमा पवन सिम्खडाको छायाङ्कन रहेको छ । श्याम कुँवरको सम्पादन रहेको गीतलाई अनिल के मानन्धरले निर्देशन गरेका हुन् ।
नारायण कडरियाको आवाज रहेको 'जाम पारी पारी' बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । गीतमा गायक आफैले संगीत भरेका हुन् भने शब्द पनि उनैको रहेको छ । म्यूजिक भिडियो जिनियस म्युजिकको अफिसियल यु-ट्युब च्यानल मार्फत सोमबार सार्बजनिक गरिएको हो ।
गायक विराज गौतमको नयाँ गीत 'तिमी सँगै' सार्वजनिक भएको छ । लाइभ एन्ड लाउड रेकर्ड्सको आधिकारिक यु-ट्युब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।
बाल गायक अधिश्री कसपालको आवाज रहेको ‘छोरी अन्माउँदा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको सङ्गीत र सुभाषचन्द्र ढुंगेलको शब्द रहेको उक्त गीतमा नायिका वर्षा शिवाकोटी र सरोज खनालको अभिनय रहेको छ ।
नेपाली पप दुनियाका प्रख्यात गायक सुगम पोखरेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । 'ताली ठोकौँला' बोलको गीतमा सुगमको साथमा अनिश भण्डारीको स्वर रहेको छ । शब्द तथा संगीत सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ ।