गायक रिजन गिरी र सिर्जना कार्कीको नयाँ गीत 'कमलको फुल'को अफीसल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतका शब्द गायक रिजन गिरी स्वयम् आफैको कोरेका हुन् । गीतलाई कोबिद बज्र र रिकेन महर्जनले मिलेर एरेन्ज गरेका हुन् l
नेपाल आइडलका तीन प्रतियोगी सागर आले, सुरज थापा र राहुल विश्वासको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ l लामो समयको मेहनत पश्चात् 'गोरीVSगोर्खे'बोलको लिरिकल भिडियो बजारमा आएको हो ।
गायक शिव परियारको नयाँ गीत ‘आँसुको अर्थ’ सार्वजनिक भएको छ । गायक परियारको आवाजमा रहेको निकै मन छुने ‘आँसुको अर्थ’बोलको गीतको पुरानो अडियो युट्युबमा एक महिनामा नै ९ लाख २२ हजार भन्दा बढी पटक हेरिसकिएको छ।
गायक सन्जीत श्रेष्ठ र छेवाङ लामाको नयाँ कभर म्युजिक भिडियो सार्वजनिक भएको छ । 'रेलै मै चढी' म्युजिक भिडियो हालै युट्युबमार्फत सार्वजनिक भएको हो ।
बफिन्स ९८ समूहको नयाँ गीत अन्जानैमा बसेछ माया शीर्षकको भिडियो सार्वजनिक भएको छ । कुनैबेलाका राजा रानी र उनीहरूको भडकिएको आत्मा माथि यो भिडियोको कथा एउटा दरबार भित्रनै सक्ने गरी बुनिएको छ ।
गायक दिपेन्द्र सुनारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘काठमाडौँ’ बोलको म्युजिक भिडियो हालै युट्युबमार्फत सार्वजनिक भएको हो । गीतमा गायक सुनारको नै शब्द संगीत रहेको छ ।
गायक राजेश केसी र मेलिना राईको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक भएको ‘नानी ज्यान’ बोलको म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्पल खड्का फिचरिङ छन् ।
केही समय अघि हङकङ पुगेकी अभिनेत्री केकी अधिकारी एक्लो भएकी छिन् । केकीले एक्लोपन महसुस गरेको वास्तविक जीवनमा नभइन् गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको नयाँ गीतमा हो ।
गायक सन्तोष कालिकोटेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘छटपटी’ बोलको म्युजिक भिडियो मङ्गलवार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा डम्बर हिंगमांगको शब्द तथा सङ्गीत रहेको छ । गीतको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका छन् ।
यूएइमा यही डिसेम्बर २२ तारिकमा हुन लागेको ‘शुभयात्रा साँझ’लाई आयोजकहरु तयारीमा जुटेका छन् । ग्रष्मा इन्टरटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपालबाट ५ चर्चित कलाकारहरूले प्रस्तुति दिने भएका छन् ।