2083 भाद्र 5, शुक्रबार

यी गीत जसलाई दर्शकले दिए करोडमाथि युट्युब हिट्स

पछिल्लो समय नेपाली सङ्गीत जगतमा लोकलयका गीत चर्चित बनिरहेका छन् । कुनै समय चलचित्रमा आइटम गीत राख्ने चलन थियाे । गीतले चले चलचित्रको हाइप बढ्छ भन्ने सोचाईको कारण  आइटम गीत नभएका चलचित्र कमै मात्र हुन्थे । तर पछिल्ला   लोकलयका गीतहरुले आइटम गीतलार्इ प्रतिस्थापन गरिरहेकेा छ ।

३ करोड माथि ‘कुटुमा कुटु’ , बनायो युट्युबमा नयाँ रेकर्ड

भदौ २३ गते प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’मा समावेश भएको ‘कुटुमा कुटु’ बोलको गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । ३ करोड माथि दर्शकले हेरिएको उक्त गीतले अहिले सम्म नेपालमा सर्वाधिक हेरिएको गीत बनेको हो ।

सलोन र आमेशको ‘रूम नम्बर १०८’ (भिडियो)

चर्चामा रहेका नायक सलोन बस्नेतको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘रूम नम्बर १०८’ बोलको  सार्वजनिक गीतमा सलोन सँगै अर्का नायक आमेष भण्डारीको पनि स्वर रहेको छ ।

लागूऔषध विरुद्ध मन्त्र ब्यान्डको कन्सर्ट

‘से नो टु ड्रग्स’ नारा लिएर झापाको शिवसताक्षी ८ स्थित डुुडामारी चोकमा शुक्रवार ‘दोस्रो म्युजिकल इभ लाइभ इन कन्सर्ट’को सम्पन्न भयो । करिब डेढ घण्टाको प्रस्तुति दिएको मन्त्र ब्यान्डले आफ्नो लोकप्रिय गीतहरू ‘तर हुरुरु पानी पर्छ’, ‘रिमझिम रिमझिम झरीमा’, ‘तिम्रै निम्ति’, ‘सपना’, ‘मैले माया लाए’ गाएका थिए

'२ रुपैयाँ’की नायिकाको पछि ‘भिमफेदी गाइज’ (भिडियो)

उनले भारतीय संस्था ’यूनिक वर्ल्ड रेर्कड, मिराकल वर्ल्ड रेर्कड र एभरेष्ट वर्ल्ड रेर्कड’बाट संगीत क्षेत्रमा तीनओटा विश्व कीर्तिमानसमेत राखिसकेको बताए । सार्वजनिक गीतको भिडियोमा भने चलचित्र ‘२ रुपैयाँ’को आइटम गीत गरेकी सुमी मुक्तान र ‘भिमफेदी गाइज’ समुह फिचरिङ छन् । भिडियोलाई निर्मल लामाले निर्देशन गरे

‘तल्लाघरे साईला’बनेका गौरवसँग जीवन कटाउने साईली !

गायिका मलिना राईको आवाजमा रहेको ‘तल्लाघरे साईला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । संचारकर्मी दीपेन्द्र घिमिरेको शब्द, एस.डी योगीको संगीत र रिकेश गुरुङ “किज“ को एरेन्ज रहेको गीत हालै सार्वजनिक भएको हो । गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका छन् भने भिडियोमा नायक गौरव पहारी र बेबो आचार्यको

गायिका योजना पुरीको नयाँ गीत ‘भगायो डाइबरले’

गायिका योजना पुरीको नयाँगीत ‘भगायो डाइबरले’ सञ्चारकर्मी तथा गायिका योजना पुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘भगायो डाइबरले’ बोलको गीत हालै बजारमा ल्याएकी हुन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा तयार भएको गीतमा गौरभ दपर्णको संगीत रहेको छ ।

गायक दिपक लिम्बुसँग प्रेममा परेकी मिलन अमात्यले दिइन् श्रीमानलार्इ डिर्भोस 

पाश्र्व गायनमा कब्जा जमाइरेकी गायिका मिलन अमात्यको श्रीमानसँग डिर्भोस भएको छ । श्रीमान मेन्सन अमात्यसँग उनको काठमाडौँ जिल्ला अदालतमा डिर्भोस भएको हो । गायिका मिलनसँग डिर्भोस भएको उनका श्रीमान मेन्सनले मिडियालाई जानकारी दिएका छन् ।

पहिलो पटक लोकदोहोरीमा प्रियंका कार्की (भिडियो)

नेपाली चलचित्रकी व्यस्त नायिका प्रियंका कार्कीले पहिलो पल्ट नेपाली लोकदोहोरीमा अभिनय गरेकी छिन् । नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले कम्मर मर्काएकी छन् ।

गायक कमल खत्रीको ‘जाउँला रेलैमा’ (भिडियो )

गायक कमल खत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक खत्रीकै शब्द, संगीत र स्वरमा रहेको ‘जाउँला रेलैमा’का बोलको गीत सार्वजनिक भएको हो ।