बलिउड मेगास्टार अमिताभ बच्चन हाल आफ्नो नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङमा व्यस्त छन् । चलचित्रको सुटिङमा व्यस्त रहेका अमिताभले आफ्नो ब्लगमा सुटिङको अनुभव साट्दै सेटमा पुरुषको दाजोमा महिलाले धेरै मेहेनत गरेको देख्दा खुसी लागेको बताएका छन् ।
पाश्र्व गायनबाट चर्चा बटुलि रहेकी गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रम बिच ‘माया’ एल्बमको बिमोचन गरिएको थियो । उक्त एल्बममा समावेश भएको ‘गाँउकी गोरी’बोलको गीत सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
लोकरक ब्याण्ड ‘नेपथ्य’ले चर्चित गीत ‘मै मरी जाउँला..’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्याण्डको २५ वर्ष पुगेको अवसरमा केही दिन अघि म्युजिक भिडियो सार्वजनिक गरेको हो । नेपथ्यको नवौँ एल्बम ‘ऐनाझ्याल’ मा समावेश रहेको उक्त गीत केही वर्ष अगाडी सार्वजनिक भएको थियो ।
गायक युवराज चौलागाईँको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पाश्र्व गायनमा सक्रिय रहेका युवराजले ‘आँखा भित्र’बोलको नयाँ गीत दर्शकमाझ ल्याएका हुन् । सार्वजनिक गीतमा दीपिका रिमाल थापाको शब्द, राजन इसानले सङ्गीत संयोजन गरेका छन् । भूषण दाहालद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गायक चौलागाईं आफैँ प
दशैँ आउन केही साता मात्र बाँकी रहदा दशैँ तिहारका गीतहरु भने सार्बजनिक हुने क्रम बढ्न थालेको छ । यस्तैमा सान थापाको निर्देशनमा दशैँ तिहारको गीत सार्बजनिक भएको छ । सार्बजनिक ‘आयो दशैँ आयो’ मा कृष्ण काफ्लेको स्वर , अम्बिका गुरुङको शब्द र पुस्वोतम न्यौपानेको संगीत रहेको छ ।
गायक तथा संगीतकार तुला पर्वतको स्वर र संगीत रहेको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित नायिका बेनिशा हमालको अभिनय रहेको छ । अभिनयमा बेनिशालाई गायक तथा संगीतकार तुला पर्वत स्वयमले साथ दिएका छन् । पिउिँदा पिउँदै फाट्यो जिन्दगी, साइनो गाँसौ भन्दा छुट्यो जिन्दगी बोलको गीतलाई झकेन्
गायक देसु गोले र राज सिग्देलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सायद मलाई’ गीतको म्युजिक भिडियोमा मोडलद्धय पुष्पल खड्का र एलिसा राई वैवाहिक जीवनमा बाँधिएको देखाइएको छ ।
अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले ‘घिन घिन वज्यो मादलु’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनीक गरेका छन् । गीतको भिडियोमा अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका सफल ‘डान्स ग्रुप द नेक्सट’ले नृत्य गरेका छन् ।
गायक शिव परियारको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो माया’ले बोलको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो । गायक शिव परियारको ’शिवालय’ एल्बममा समावेश गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।
चर्चित गायिका अन्जु पन्तले पहिलो पल्ट एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल गायनका लागि प्रस्तुत हुन लागेकी हुन् । आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजेबाट सुरु हुने कार्यक्रममा अन्जुले आफ्ना जीवनकालका चर्चित