गायिका श्रृजना खत्रीले यसबर्ष तिजको अवसर पारेर नयाँ तिज गीत सार्वजनिक गरेकी छिन् । आफ्नै शब्द,संगीत र स्वरमा रहेको । ‘लाउरे माया’ बोलको गीतमा श्रृजनाले बजारमा ल्याएकी हुन् । यसअघि उनको ‘हाउडेमाया’बोलको गीतले चर्चा पाएको थियो ।
नव गायिका सदिक्षा सेजुवालको नयाँ भ्युजिक भिडियो सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका तथा गीतकार सदिक्षा सेजुवालको यस गीतको अडियो तथा भिडियो लोकार्पण गरिएको हो । सार्वजनिक गीतमा शंकर थापा ’स्माईल’को संगीत रहेको छ भने शब्द तथा स्वर सदिक्षाको रहेको छ ।
‘प्रेमगीत २’ को नयाँ गीत ‘न त हाँस्न नै...’ रिलिज भएको छ । साउन १३ गते रिलिज हुने सिनेमा गीतमा सागर संसार राईको स्वर समावेश छ । राई अघिल्लो पटक आयोजित कभर गीत प्रतिस्पर्धाका विजयी हुन् ।
गायक यमन भारद्घाजको नयाँ म्यूजिक भिडियो रिलिज भएको छ ।े ‘म मा तिमी’ बोलको गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत रिलिज भएको हो । गीतमा रेडियो नेपालमा राष्ट्रिय स्तरको आधुनिक गीत प्रतियोगीतामा संगीत र गायनमा ३ पटक सम्म पुरस्कृत र १७ औ इमेज अवार्ड प्राप्त गरेका गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको
गायक बिनोद ढकाल र गायिका मिना सिंहको आवाज रहेको ‘भ्यालेन्टिनो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतको शब्द र संगीत भने गायक बिनोद ढकाल कै रहेको छ ।
हाल अमेरिकामा रहेका नायक जीवन लुइटेल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।गायिका आस्था राउतको आवाजमा रहेको ‘चोखो छ माया’ बोलको उक्त गीत हालै सार्वजनिक भएको हो । भिडियोलाई श्याम भट्टराइले निर्देशन गरेका छन् भने अमेरिकामा नै रह“दै आएकी हिरा मैनालीले मोडलिङ गरेकी छिन् । भिडियोमा अमेरिकाको रमणिय
तीजलाई लक्षित गर्दै गायिका सिन्धु मल्लले झन्डै ५ बर्षपछी तयार पारेको गीतको भिडियोमा अभिनेत्री वर्षा राउत र वर्षा शिवाकोटी देखिएका छन्। सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले दुई वर्षालाई पहिलो पटकसंगै अभिनय गराएका हुन् ।
गतबर्ष यूएइको अवुधाबीमा आयोजना भएको ‘पहिलो नेपाली म्यूजिक भिडियो अवार्ड’ले सफलता पाएपछि यसको आयोजक संस्था संगिक्षा फिल्मस् उत्साहित भएको थियो । सोही अनुरुप, संगिक्षा फिल्मस्ले दुबइमा रहेको नमस्ते ट्राभल्ससँग सहकार्य गर्दै ‘दोश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ पनि दुबइमा आयोजना गर्ने भएको छ ।
गायक धर्मेन्द्र सेवानको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । एल्बम ‘इन्द्रणी’मा रहेको ‘सोल्टिनी’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।
पछिल्लो समय गायनमा आधारित रियालिटी सो नेपाल आइडल चर्चित बन्दै आइरहेको । अहिले नेपाल आइडलमा १२ जना प्रतिस्पर्धीमात्र बाँकी छन् । गत साता नेपाल आइडलबाट अफसर अलि, विध्या तिवारी र मनोज थापा मगर बाहिरिएका थिए ।