गायक बिनय केटुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । करिब एक दशक देखि नेपाली गीतसंगीतमा सक्रिय गायक केटुले हालै ‘गाजलु’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । आरोही–२ एल्बममा समावेश ‘गाजलु’ गीतमा शब्द विजय थापाको रहेको छ भने सङ्गीत गायक स्वंयमको रहेको छ ।
चलचित्र ‘संरक्षण’को पहिलो आइटम गीत सार्वजनिक भएको छ । ‘किशोरी लाल’ बोलको उक्त गीत शुक्रवार युट्युब मार्फत सार्वजनिक भएको थियो । मधेस आन्दोलनलाई केन्द्रित बनाएर तयार भएको चलचित्र ‘संरक्षण’मा भोजपुरी आइट गीत समावेश गरिएको छ ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आकश श्रेष्ठ अभिनित चलचित्र ‘तिमीसँग’को पहिलो गीत सार्वजनिक भएको छ । ‘लडे लडे..समाउ मलाई’ बोलको उक्त गीत शुक्रवार साझ युट्युब मार्फत सार्वजनिक भएको थियो ।
गायक सुनिल गिरीको आवाजमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयको अन्तराल पनि गायक गिरीले आफ्नै स्वर, शब् तथा सङ्गीतमा रहेको गीत बजारमा ल्याएका हुन् । ‘घरवाली’ बोलको उक्त गीतलाई एरेन्ज भने अल्मोडा राना उप्रेतीले गरेका छन् ।
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेमसम्बन्धको बारेमा थाहा नहुने सायदै छन् । यी दुईको प्रेमलाई अझ प्रगाढ बनाउँदै नयाँ म्युजिक भिडियो सार्वजनकि भएको छ ।
कुनै बेला थियो गायिका सिन्धु मल्लका गीतहरू गल्ली गल्ली , चोक चोक घन्किएथ्यो। प्राय सिन्धुको आवाज भरिएका गीतहरू चर्चित नै छन् ।‘झलझली आँखामा’, ‘ससुराली मा’, ‘धरानको बजारैमा’ लगायतका यस्ता थुप्रै गीतहरू छन् जसलाइ दर्शकले धेरैनै रुचाएका छन् ।
गायक पुष्प गजमेरको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । ‘एउटा साथी छ’ बोलको उक्त गीत ‘आवाज ’ एल्बममा समावेश गरिएको छ । सार्वजानिक गीतमा स्वर र संगीत गायक गजमेरको रहेको छ भने शब्द अर्जुन सापकोटाले दिएका छन् ।
नव गायक श्री राईको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । ‘बै“सालु जावानी’ बोलको सार्वजानिक गीतमा गायक राईको शब्द तथा संगीत रहेको छ । रंग पत्रकार विशाल राईले पहिलो चोटी निर्देशन गरेको भिडियोमा नायक पुष्पल खड्का र मोडल श्रृष्टिना राईको अभिनय रहेको छ ।
पछिल्लो समय चर्चित तर विवादित बन्दै आइरहेको छ नेपाल आइडल । गायनमा आधारित रियालिटी सो नेपाल आइडलका प्रतिस्पर्धिले दर्शकको मन जितिरहेका छन् भने यता निर्णायकहरुले भने दर्शकको मन दुखाइरहेका छन् । निर्णायकहरुले गर्ने कमेन्टहरु प्रति सामाजिक सञ्जालमा विभिन्न प्रकारको टिका-टिप्पणी समेत हुँदै आइरहेको छ ।
सञ्चारकर्मी जनक ताम्राकारको पहिलो गीत जुनकिरीको म्युजिक भिडियो सार्वजनिक भएको छ । जनकका दाजु महेश ताम्राकारको शब्द, संगित रहको जुनकिरीमा नायिका निता ढुंगाना, मोडल सनम कठायत र कम्पोजर महेश ताम्राकारको समेत अभिनय छ ।