रेखा फिल्म्सको ब्यानरमा नयाँ चलचित्र बन्ने भएको छ । सवीर श्रेष्ठको निर्देशनमा नयाँ चलचित्र निर्माण हुने चलचित्रमा रेखा थापा र सौगात मल्ल र दयाहाङ्ग राई मुख्य भूमिकामा रहने पक्का भएको छ ।
'एउटा महिलाले काम गर्दै जाँदा उसलाई थुप्रै प्रकारका सुरक्षा चाहिन्छ' उनी भन्छिन् ।
सञ्चार कर्मी डीबी खड्काको पुस्तक ‘नियत’को विमोचन भएको छ । पुस्तकलाई लेखक स्वयं र अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा, नारायण अमृत र अमर खड्काले संयुक्त रूपमा यो पुस्तक विमोचन गरेका हुन् ।
‘द भ्वाइस अफ नेपाल सिजन २’ का प्रतियोगीहरूलाई लिएर विश्वव्यापी साङ्गीतिक यात्रा हुने भएको छ ।
वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ । ४० को दशकको अन्त्यतिर गजल गायन बाट नेपाली गीत सङ्गीतामा उदाएका निशानको सोमबार राति सवारी दुर्घटनामा परी निधन भएको हो ।
प्रल्हाद तिमिल्सैना र शान्ता खत्री कार्कीको स्वर रहेको गीत सार्वजनिक भएको छ । ‘कसो कसो माया बस्यो’ बोलको गीत आइतबार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
दीपिका पादुकोण अभिनीत चलचित्र 'छपाक' प्रदर्शन गर्न रोक लगाइएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र दिल्लीमा प्रदर्शन रोक लगाइएको हो ।
तेलिगु सफल चलचित्र 'अर्जुन रेड्डी'को नेपाली रिमेक भर्सन बन्ने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो । अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन् ।
आइतबार यसै रियालिटी सोका निर्देशक विशाल भण्डारीको जन्मदिन परेको थियो । उनको जन्मदिनमा कमेडी च्याम्पियनकी होस्ट तथा निर्माता रिमा विश्वकर्माले सप्राइज दिइन् ।
अभिनेता रमित ढुङ्गानाले चलचित्र ‘माया नमार’ बाट नेपाली फिल्म इनस्ट्रीमा डेब्यु गरेका थिए । सन् २००२ मा प्रदर्शनमा आएको मदन घिमिरे निर्देशित चलचित्रको दोस्रो भाग बन्ने भएको छ ।