चलचित्र निर्माता तथा हल व्यवसायी सुमित मैनालीले नयाँ ब्युक्टी सैलुन संचालनमा ल्याएका छन् । दरबारमार्ग स्थित शेर्पा मलमा रहेको ‘लुक्स युनिसेक्स सैलुन’को बिहिबार अपौचारिक उद्घाटन गरिएको छ ।
अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन सुरु भएको छ । माघे सङ्क्रान्तिको अवसर पारी बुधवार झापाको बिर्तामोडबाट चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।
यही माघ २४ गते प्रतीक्षित चलचित्र ‘साङ्लो’ प्रदर्शनमा आउँदै छ । यति बेला नायक बिराज भट्ट आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई उत्कृष्ट बनाउन लागिपरेका छन् ।
विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ ले हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ घोषणा गरेको छ ।
चलचित्र 'लक्का जवान' को पहिलो गीत सार्वजनिक भएको छ । 'मन त मेरो लक्का जवान' बोलको गीत बुधवार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
आलिया भट्ट स्टारर चलचित्र 'गंगुबाई काठियावाडी' को फर्स्ट लुक सार्वजनिक गरिएको छ ।
प्रियंकाले आफ्नो सामाजिक सञ्जालमा ब्याचलर पार्टी मनाउने बारे पोस्ट गरेकी छिन् ।
अजय देवगनको १०० औँ फिल्म ‘तान्हाजी’ १०० करोड क्लब नजिक पुगेको छ । गत शुक्रवार बाट प्रदर्शनमा आएको यस चलचित्र निकै चर्चा छ ।
केही महिना अघि अभिनेत्री वर्षा सिवाकोटी ’डबल सी’ नामक भिटामिन जुसको ब्रान्ड एम्बासडर नियुक्त भएकी थिइन् ।
चलचित्र ‘लभ डायरिज’को टिजर सार्वजनिक भएको छ । सौरभ चौधरी निर्देशित चलचित्रको टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापाको प्रेम देखाइएको छ ।