चलचित्र 'लुट' लगायत दसौँ चलचित्र निर्माण गरिसकेका निर्माता माधव वाग्ले निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन् ।
साउन १७ गते प्रदर्शनमा आउने चलचित्र ‘रातो गलबन्दी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार कोसिस क्षेत्री, केकी अधिकारी र बुद्धि तामाङको प्रेमको उतार चढावलाई देखाइएको छ ।
कुनै समय एक अर्काको गहिरो प्रेममा परेका रणवीर कपुर र दीपिका पादुकोणा फेरी एक पटक एउटै चलचित्रमा देखिने भएका छन् । लुभ रञ्जनको निर्देशनमा बन्न लागेको एक्सन जनराको चलचित्रमा उनीहरू एकसाथ देखिन लागेका हुन् ।
विशारद बस्नेत र मिराज रोष निर्देशित कमेडी चलचित्र ‘न यता न उता’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । श्रावण १७ गते रिलिज हुने चलचित्रको पोस्टरमा प्रमुख कलाकारहरू सबैलाई स्थान दिइएको छ ।
यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
छवि ओझाकी जेठी श्रीमती हेमा ओझाले श्रीमान् छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेल विरुद्ध बहुविवाहको मुद्दा चलाएकी छिन् । हेमाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा श्रीमान् ओझा र पोख्रेल विरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी हुन् ।
भाद्र २० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र 'सोच'को टिजर सार्वजनिक भएको छ । एक्सन अभिनेता प्रज्वल गिरी र अभिनेत्री नीता ढुङ्गानाले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्रको टिजर एक्सनयुक्त छ ।
वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' को गीत 'पहार' शनिवार इन्टरनेटमा रिलिज भएको छ ।
चलचित्र हेरिसकेका दर्शकले चलचित्रले आफूलाई तर्साएको र चलचित्रमा गरेको मिहिनेत देखिएको बताएका छन् । दोस्रो दिन शनिवारको व्यापार अपेक्षकृत नै हुने र चलचित्र लामो रेसको घोडा बन्न सक्ने नसक्ने भोलिबाट दर्शकले दिने साथले निर्देशित गर्नेछ ।
स्मिता दाहाल र आशिष अविरलको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक भएको छ । राजधानीमा आयोजना भएको एक कार्यक्रम बिच प्रमुख अतिथि खाने पानी मन्त्री विना मगरको उपस्थितिमा गीतको भिडियो सहित सार्वजनिक भएको हो ।