साउन ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हजार जुनीसम्म’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने ’झिङ्गेदाउ’मा कलाकार फाइनल गर्ने क्रममा अभिनेत्री आँचल शर्माको इन्ट्री भएको छ ।
शुक्रवारबाट हलमा दुई चकचित्र ‘सुपर गोर्खे’ र ‘एकलव्य’ प्रदर्शनमा आएका छन् । वर्षको सुरुवाती दिनमा केही चलचित्रले राम्रो व्यापार गरे पनि केही समय अघि ५१औँ दिन मनाउन सफल चलचित्र 'जात्रै जात्रा' पछि प्रदर्शनमा आएका चलचित्रले लगानी त परको कुरा प्रचारप्रसार खर्च उठाउन पनि सके सकेनन् भन्नेमा शङ्का नै छ ।
शङ्कर लामिछानेको कथा आत्माको मीमांसामा आधारित नाटक 'मिमांसा' साउन १० गते देखी मण्डला थिएटर काठमान्डुमा मञ्चन हुँदै छ ।
सङ्गीतकार आलोक श्री, ‘दुबो फुल्यो’का सङ्गीतकार एसडी योगी र चलचित्र 'कबड्डी कबड्डी कबड्डी'का निर्देशक रामबाबु गुरुङको बिचमा भएको छलफल पश्चात् ‘गीतको सङ्गीत मिल्नु संयोग’ भएको भन्दै विवादको अन्त्य भएको छ ।
विदेशी चलचित्रले नेपाली चलचित्र माथि पारेको प्रभाव बारे बहस भइरहेका बेला सरकारले आर्थिक वर्ष ०७५/७६ मा विदेशी फिल्म प्रदर्शनबाट ७ करोड ८० लाख चलचित्र विकास शुल्क सङ्कलन गरेको सार्वजनिक भएको छ ।
अरुण खड्काको निर्देशमा बन्ने चलचित्र ‘फटाहा फणिन्द्रे’को निर्माण घोषणा भएको छ । अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा सुष्मा कार्कीलाई फाइनल भएकी छन् ।
हालै मात्र सार्वजनिक भएको एक रिपोर्ट अनुसार बलिउड नायिका प्रियंका चोपडाले इन्स्टामा ब्रान्डको प्रमोसन गरेबापत करोडौँ रकम कमाउने गरेको खुलेको छ ।
बलिउडमा तीन खान अर्थात् साहरूख खान र सलमान खान र आमिर खान एक अर्कासँग दाँजोमा न आउने र आजसम्म एउटै स्क्रीनमा यी तीन नदेखिएका स्टारहरू हुन् ।
गायक आर्जन पाण्डेको फरक शैलीको गीत 'घाँटी भन्दा तल' सार्वजनिक भएको छ । प्रतीक पौडेलको शब्द, सङ्गीत रहेको गीतको म्युजिक भिडियोमा गायक पाण्डे स्वयंले अभिनय गरेका छन् भने उनलाई अभिनेत्री रिमा विश्वकर्माले साथ दिएकी छिन्