2083 असार 18, विहिबार

अक्षय कुमार स्टारर 'मिसन मङ्गल'को ट्रेलर रिलिज(भिडियो)

अक्षय कुमार स्टारर बलिउड फिल्म 'मिसन मङ्गल'को ट्रेलर सार्वजनिक भएको छ । जगन शक्तिले निर्देशन गरेको फिल्म एक सत्य घटनामा आधारित भएको बताइएको छ ।

समुन्द्री किनारमा प्रेमीसँग साम्राज्ञीको मस्ती

उनले आफ्नो इन्स्टामा सिङ्गल फोटो सार्वजनिक गरेता पनि यति बेला उनले आफुमात्र होइन प्रेमी देवाङ्कस रानासँग मस्ती गरिरहेको फोटो सार्वजनिक भएको छ ।

बालीको समुन्द्री किनारमा हट साम्राज्ञी (तस्बिर)

दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ लाई बिट मार्दै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यति बेला फुर्सदमा छिन् । केही महिना चलचित्र नखेल्ने सोच बनाएकी उनी यति बेला इन्डोनेसियाको बालीमा छिन् ।

‘एकलब्य’को गीत ‘मलाई बनायौँ किन’ रिलिज(भिडियो)

चलचित्र ‘एकलब्य’को रोमान्टिक गीत ‘मलाई बनायौँ किन’ सार्वजनिक भएको छ । साउन १० गते रिलिज हुने चलचित्रको सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकार सोनम थापा मगर र ओसिन भट्टराई फिचर्ड छन् ।

‘मारुनी’को गीत 'सक्दिन म बाँच्न'मा पुष्प र साम्राज्ञीको रोमान्स(भिडियो)

नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ को दोस्रो गीत सार्वजनिक भएको छ । शुक्रवार इन्टरनेटमा 'सक्दिन म बाँच्न' बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

फिल्म 'सानो मन'को तारिफ गरेरै थाकेनन् कलाकार(भिडियो)

अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको चलचित्र ‘सानो मन’ ले शुक्रवारबाट दोस्रो हप्तामा प्रदर्शन थालनी गरेको छ । चलचित्रको बिहीबार कलाकारहरूको उपस्थितिमा विशेष सो आयोजना गरिएको थियो । जसमा चलचित्रलाई राम्रो पतिकृया पनि मिल्यो ।

फ्राइडे रिलिज: अर्पण थापाको तर्साउने 'घर'

यो हप्ता अभिनेता अर्पण थापाको निर्देशनमा बनेको हरर चलचित्र 'घर' प्रदर्शन भइरहेको छ । शुक्रवारदेखि देश व्यापी रूपमा प्रदर्शनमा आएको 'घर' दर्शकलाई चलचित्रको फरक स्वाद चखाउने चलचित्र हो ।

अर्पणको विश्वासले भरिएको 'घर'

अर्पणले यस चलचित्रले भने दर्शकलाई निराश नबनाउनेमा आफू विश्वस्थ भएको बताएका छन् । 'घर' यही शुक्रवारदेखि देश भर एकसाथ प्रदर्शनमा आउँदै छ ।

ॠचाको जन्मदिनमा नायिकाहरुको मस्ती (भिडियो)

ॠचाले साउन १ गते परेको आफ्नो जन्मदिन सार्वजनिक रूपमा आज अर्थात् साउन २ गते मनाइन् । उनको भनाइ अनुसार आफ्नो परिवार र आमालाई समय दिनको लागी र नेपालीहरूको चाड साउने सङ्ग्राती मनाउनको उनले आफ्ना शुभचिन्तक र नजिकका साथीहरूसँग आज जन्मदिन मनाएकी हुन् ।

सिके राउतको जीवनीमाथि चलचित्र बन्दै

मधेस अभियन्ता डा. सिके राउतको जीवनीमाथि चलचित्र बन्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको औपचारिक निर्माण घोषणासँगै निर्माण टिमले टीजर पनि सार्वजनिक गरिएको छ ।