सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लिओनीलाई पनि स्थान दिइएको छ ।
हजार जुनीसम्मको प्रोमोमा किन देखाइएन त प्रियंकालाई ?भन्ने जिज्ञासामा ‘फिल्मको विषय अनुसार सस्पेन्स सृजना गर्न खोजेका छौँ’ भन्ने जवाफ लेखक सामीप्यराज तिमल्सेनाले दिए ।
यति बेला मेलिनाको प्रेमको विषयलाई लिएर नेपाली सङ्गीतको बजारमा गाईगुईँ सुनिन थालेको छ । केही दिन अघि मेलिनाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लाइफ इभेन्ट सेयर गर्दै सम्बन्धमा रहेको खुलाएकी थिइन् जसलाई उनले केही समयमा नै डिलिट गरेकी थिइन् ।
चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
मेलिना राई र कमल अधिकारीको स्वर रहेको गीत ‘नाचौँ छमछम’ सार्वजनिक भएको छ । भिडियो सहित युट्युबमा रिलिज भएको गीतमा पल शाह र आँचल शर्मा फिचर्ड छन् ।
कलाकारिता र अभिनयबाट सामाजिक कार्यमा होमिएका धुर्मुस सुन्तलीको जोडी फेरी कलाकारिताको दुनियाँमा फर्किन लागेको छ । केही समय अघि नै यो जोडिले चलचित्र निर्माण गर्ने घोषणा गरेका थिए ।
दोस्रो सातामा प्रदर्शन भइरहँदा चलचित्रले राम्रो प्रतिक्रियाका साथमा सन्तोषजनक व्यापार गरेको छ । शर्मिला पाण्डेको निर्माणमा बनेको चलचित्र कम बजेटमा नै बनेको थियो भने चलचित्र नाफामा जाने अनुमान लगाउन सकिन्छ ।
कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का विशेष रूपमा सजिएर पुगेकी थिइन् । उनले पहेँलो वान पिसमा कर्ली गरिएको कपाल छोडेकी थिइन् जसमा निकै खुलेको देखिएको थियो ।
बलिउड अभिनेता अर्जुन रामपालको गर्लफ्रेंड गेब्रिएलाको १८ जुलाईमा छोरा जन्मिएको थियो । अर्जुन र गेब्रिएला एक वर्ष यता एक अर्काको प्रेममा थिए ।
गायन रियालिटी सो ‘दि भ्वाइस’को दोस्रो संस्करण साउन तेस्रो साताबाट प्रसारण हुने तयारी भइरहेको छ । प्रसारण मिति नजिकिँदै जाँदा निर्माण पक्षले यसको प्रचारप्रसारको थालनी गरेको छ ।