नायक पल शाहलाई २०७४ साल निकै सुखद नै रह्यो । वर्षको सुरुवात देखि अन्त्यसम्म उनी अभिनित तिन चलचित्र ‘म यस्तो गीत गाउँछु, जोनी जेन्टलम्यान र शत्रु गते’ रिलिज भए । म यस्तो गीत गाउँछु वर्षको पहिलो हिट बन्यो भने जोनी जेन्टलम्यानले औसत कमाई गरेको थियो ।
‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ मलेसियामा आयोजना हुने भएको छ । संगिक्षा फिल्मस्को आयोजनामा यस अगाडि २ वटा अवार्ड यूएइमा आयोजना भएको थियो ।
चलचित्र ‘बेबी आइ लव यु’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । जेठ १८ गते प्रदर्शन मिति तय गरेको चलचित्रको ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । काठमाडौँमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, बिछोड, रोमान्सलाई प्रस्तुत गरिएको छ ।
पछिल्लो केही दिनयता बक्स अफिस प्रणाली लागु हुने भनिएदेखि सिनेबृतमा एक किसिमको तंरगनै पैदा गरेको छ। केही निर्माताहरू बक्स अफिस प्रणाली लागु हुनु पर्छ भन्नेमा छन् भने केही यसको विरोधमा छन् ।
विश्वकै कान्छो निर्देशकको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल सौगात विष्टको निर्देशनमा बनेको चलचित्र ‘हैरान’को टीजर सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरिएको चलचित्रको टीजरमा कमेडी, एक्सन र ड्रामको पाटोलाई गज्जबले देखाईएको छ । कलाकारहरुको परिचय दिइएको टीजरमा बिभिन्न कलाकारहरुको प्रायजसो कमेडी डाइलग सुन्न सकिन्छ । चलचित्र जेठ ४ गतेबाट देशभर प्रदर्शन हुदैँछ ।
गत बर्ष २०१७ की मिस नेपला निकिता चन्दक यतिबेला नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्ने तरखरमा छिन् ।
अभिनेता दयाहाङ राई र राजन खतिवडाको निर्देशनमा तयार भएको नाटक ‘क्लब सेभन’को मञ्चन सुरु भएको छ । मंगलबारबाट अनामनगर स्थित मण्डला नाटक घरमा ‘क्लब सेभन’को मञ्चन सुरु भएको हो ।
अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनयमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ नेपालसँगै अमेरिकामा पनि प्रदर्शन हुने भएको छ ।
चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक कलेक्सन गर्ने चौथो चलचित्र बनेको छ ।
पछिल्लो समय चलचित्र प्रमोसन गर्न सिनेमा मकेरहरु विभिन्न फण्डाहरु अपनाउने गर्दछन् । केही नयाँ गरेर दर्शकलाई आर्कषण गर्न दाउमा यति बेला ‘कोहलपुर एक्सप्रेस’ टिम लागेको छ । आउँदो वैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘कोहलपुर एक्सप्रेस’ टिमले फुडमान्डुसँग सहकार्यगरि प्रमोसनको नयाँ विधि अपनाएको हो । हेर्नुस् भिडियो ः