चलचित्र ‘ए मेरो हजुर २’बाट सिने नगरीमा प्रवेश गरेका नायक हुन् सलिनमान बनियाँ । झरना थापाको निर्देशन र सुनिलकुमार थापाको निर्माणमा बनेको चलचित्रमा सलिन र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको थियो । चलचित्रमा सलिन र साम्राज्ञीको जोडीलाई दर्शकले निकै रुचाए । पहिलो चलचित्रबाट नै सलिनले वाहवाही बटुल्न पनि सफल रहे ।
बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो जीवनीमा बायोपिक बनेको भन्दै खुसी व्यक्त गरेका छन् । गत मङ्गलवार चलचित्र ‘संजु’को टिजर सार्वजनिक भएसँगै उनले एक भिडियोमा खुसी व्यक्त गरेका छन् ।
पछिल्लो समय नेपाली फिल्मको स्तर फेरिँदो छ । दर्शकको आकर्षण बढ्दो छ । २१ औँ शताब्दीमा आइपुग्दा विश्व बजारमा प्रविधिले मारेको फड्कोबाट नेपाली फिल्म क्षेत्रपनि अछुतो छैन । त्यसैले त बलिउड हलिउडमा जस्तै विभिन्न नयाँ नयाँ प्रयोगहरू नेपाली फिल्ममा पनि हुँदै आएका छन् । जसको पछिल्लो उदाहरण फिल्म 'ब्ल्याक' बन्दै छ ।
रंगमञ्च हुँदै पछिल्लो समय चलचित्रमा सक्रिय रहेका कलाकार हुन् खगेन्द्र लामिछाने । अब्बल अभिनयको कारण दर्शकको मनमा बस्न सफल खगेन्द्रले ‘बधशाला’बाट सिनेमा नगरीमा डेव्यु गरेका हुन् ।
बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को टिजर सार्वजनिक भएको छ । अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको चलचित्रमा टिजरमा रणबीर विभिन्न लुक्समा प्रस्तुत भएका छन् ।
चलचित्र दक्षिणाबाट रजतपटमा प्रवेश गरेकी अभिनेत्री हुन् निरुता सिंह । एकसमय निरुताले अभिनय गरेका प्राय चलचित्र सफल भए । उनले चाँदनी, दर्पणछायाँ, बन्धकी ,अजम्बरी नाता लगायतका सुपरहिट चलचित्र पनि दिइन् ।
चलचित्र ‘छक्का पञ्जा ३’मा नयाँ अभिनेत्री फाइनल भएकी छिन् । चलचित्र ‘ऐश्वर्य’ बाट सिने नगरीमा डेव्यु गरेकी नायिका दीपिका प्रसाई चलचित्रकी मुख्य भूमिकामा फाइनल भएकी हुन् । उनी चलचित्रमा अभिनेता दीपकराज गिरीको जोडीको रूपमा देखिने भएकी छिन् । निर्देशक दिपाश्री निरौलाको अनुसार चलचित्रको कथा अनुसार नै दीपिका फाइनल गरिएको बताइन् ।
चलचित्र ‘ए मेरो हजुर २’बाट चर्चामा आएका नायक सलिनमान बानियाँको नयाँ चलचित्रको निर्माण घोषणा भएको छ । डेव्यु चलचित्रबाट नै लोभलाग्दो क्रेज बनाएका सलिनले पुराना निर्माता केशव भट्टराईले निर्माण गर्न लागेको चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’मा काम गर्ने भएका हुन् । सोमबार काठमाडौँको आयोजित एक कार्यक्रम बिच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।
अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘बाँध मायाले’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो लभ स्टोरी चलचित्र अब असार ५ गतेबाट अल नेपाल रिलिज हुने भएको छ ।
पछिल्लो समय नेपाली चलचित्रले प्रचारमा नयाँ–नयाँ तरिका अपनाउने गरेका छन् । चलचित्र ‘ह्याप्पी डेज’ले नयाँ तरिका अपनाएको छ । यो टिमले आफ्नो चलचित्रका कलाकारलाई रथमा राखेर सोमबार काठमाडौँ घुमाएको छ ।