2083 अश्विन 17, शनिबार

हेर्नुस् यसरी हुदैँछ ‘रणवीर’को छायाङ्कन 

फिल्म ’रणवीर’ को छायाङ्कन यति बेला धनगढी , महेन्द्रनगर लगायतका सुदुरपस्चिमको रमणीय स्थलमा भइरहेको छ । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको झन्डै ६५ दिनको छायाङ्कन उपत्यकामा सकिएपछि निर्माण युनिट त्यहाँ पुगेको हो । 

’हिरो रिटर्न्स’को गीतमा सबिनसँग बाेल्ड अाँचल (भिडियो)

गत वर्ष नै प्रदर्शन हुने भनिएको चलचित्र ‘हिरो रिटर्न्स’ले फेरि रिलिज पोष्टपोण्ड गरेको छ । यस अघि वैशाख २८ गते प्रदर्शन हुने भनिएको चलचित्र अब रिलिज नहुने भएको छ । निर्माता भीम न्यौपानेकै लगानीमा बनेको अर्को चलचित्र ’सुनकेसरी’को पनि एकसाथ जस्तो रिलिज मिति तय हुँदा हुनसक्ने सम्भावित घाटालाई मध्यनजर गर्दै तत्काललाई ’हिरो रिटर्न्स’को रिलिज रोकिएको हो ।

मरिष्का र निराजनको जोडीमा ‘प्रेमालय’ घोषणा

म्युजिक भिडियोबाट चर्चामा आएका मोडल निराजन प्रधानको नयाँ चलचित्रको निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा चलचित्र ‘प्रेमालय’को अफिसियल घोषणा गरिएको थियो । उक्त चलचित्रमा निराजनको अपोजिट नायिका मरिष्का पोखरेल हुनेछिन् ।

हिटको ह्याट्रिक दाैडमा कति सफल प्रदीप ?

चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएका नायक हुन् प्रदीप खड्का । उनले इस्कोप नामक चलचित्रबाट सिनेनगरीमा डेव्यु गरेता पनि पहिलो चलचित्र सफल हुन सकेन । तर दोस्रो चलचित्र ‘प्रेमगीत’ प्रदीपको लागी ट्रनिङ पोइन्ट नै भइदियो। चलचित्रमा उनको अपोजिट पूजा शर्मा थिइन् । यी दुई जोडीलाई दर्शकले निकै रुचाए । तर पहिलो सिनेमा हिट भएलगतै दुवैको बोलचाल बन्द भयो ।

’लम्फू’को नयाँ गीतमा कबिर र मरिष्का देखिए भावुक (भिडियो)

बैशाख २८ गते रिलीज हुने नेपाली चलचित्र ’लम्फू’को अर्को गीतको भिडियो रिलीज भएको छ । प्रमोद खरेलको स्वरमा रहेको ’तिमीलाई भुलेर’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा युवराज सापकोटाका शब्द रहेका छन् ।

‘कोहलपुर एक्सप्रेस’लाई दिपाश्रीको सुझाव, दङ्ग केकी (भिडियो)

अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ गत शुक्रवारबाट सिनेमाघरमा प्रदर्शन भइरहेको छ । प्रदर्शन भएको पाँचौँ दिन सम्मपनि काठमाडौँका अधिकांश मप्लिटप्लेक्सहरु हाउसफुल थिए ।

खगेन्द्र र सुरक्षाको जोडीमा बन्ने भयो ‘गोपी’ 

नेपाली चलचित्र ‘गोपी’को ओपचारिक निर्माण घोषणा गरिएको छ । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच चलचित्रको अफिसियल निर्माण घोषणा गरिएको छ । ‘गोपी’मा ‘धनपति’का जोडी खगेन्द्र लामिछाने र सुरुक्षा पन्त पुनः एकसाथ देखिने भएका छन् ।

‘बेबी आई लभ यु’को नयाँ गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘बेबी आई लभ यु’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तेरो मेरो’ बोलको रोमान्टिक गीत मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका नायक सन्तोष खड्गीको सङ्गीत र स्वर रहेको छ ।

अब वैशाख २८ मा पूर्णिमाको ‘हिरोज्’

पूर्णिमा लामाले निर्माण गरेको हिरोज् फिल्म वैशाख २८ मा प्रदर्शन हुने भएको छ । एक्शन, लभ, कमेडी तथा सम्वेदनाले भरिएकोे फिल्म पहिला चैत्र २३ मा प्रदर्शन हुने तयारीमा थियो । तर, प्राविधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरियो । अब भने आफ्नो फिल्म वैशाख २८ मा दर्शकमाझ आउने पक्का भएके जानकारी निर्मात्री पूर्णिमाले दिएकी छिन् । 

नेपाल आइडलको मोह, यसरी हुदैँछ काठमाडौँ अडिसन (फोटो र भिडियो)

गायनमा आधारित रहेको चर्चित रियालिटी सो नेपाल आइडलको दोस्रो सिजनको यति बेला धमाधम अडिसन भइरहेको छ । गत वर्ष नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रेण्डचाइजको रूपमा नेपाल आइडल भित्रिएको थियो ।