गायक तथा संगीतकार कर्म दोङ तामाङको लोक पप विधामा आधारित गीत 'तिम्रो चौबन्दीमा' सार्वजानिक गरिएको छ । हाल जापानमा बसोबास गर्दै आइरहेका कर्मको यो पाँचौ अफिसियल म्युजिक भिडियो हो ।
गत वर्षको सफल चलचित्र ‘ए मेरो हजुर २’को सिक्वेलको रूपमा ‘ए मेरो हजुर ३’ बन्ने भएको छ । गत वर्ष चलचित्रमा नव नायक सलिनमान बनियाँ र साम्राज्ञी शाहको मुख्य भूमिका रहेको थियो । तर चलचित्रको तेस्रो पार्टमा भने यी दुवै कलाकार नहुने निर्देशक झरना थापा बताउँछिन् । ‘यो पटक सलिन र साम्राज्ञी दुवै हुनेछैनन् ।
नेपाली चलचित्रमा बलिउडको प्रभाव ठुलै छ । नेपाली चलचित्र मेकरहरुले हिन्दी सिनेमाको कथा चोरेको आरोप खेपिरहेका हुन्छन् ।
आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र 'कुम्भ कारण'को अष्ट्रेलिया रिलिज पक्का भएको छ । आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएको छ । चलचित्र 'कुम्भकरण'को अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा बिक्री गरिएको निर्माण पक्षले जनाएको छ ।
केही दिनको मोफसल यात्रा पछि चलचित्र ‘लम्फू’ युनिट काठमाडौँ फर्किएको छ । यसै शुक्रवार देशैभर ‘लम्फू’ रिलिज हुँदैछ ।तरकारीवालीको नामले चर्चित कुसुम श्रेष्ठ समेतको अभिनय रहेको यो चलचित्रको प्रचार(प्रसारको लागी राजधानी बाहिर कलाकारहरू कबिर खड्का, सञ्जीत भण्डारी, आयान खड्का, निर्देशक गोपालचन्द्र लामिछाने, निर्माता शक्तिबल्दभ घोरासैनी लगायतको टिम पुगेको थियो । चलचित्रका अन्य कलाकारहरू सलोन बस्नेत, मरिस्का पोखरेल,
सञ्चारकर्मी ऋषि धमलाकी श्रीमती एलिजा गौतमको निर्माण र अभिनय रहेको चलचित्र ‘अनुराग’को प्रदर्शन मिति पोसपोण्ड भएको छ । यसअघि जेठ ११ गते प्रदर्शन हुने भनिएको चलचित्र अब साउन २५ गतेबाट प्रदर्शन हुने भएको छ ।
चलचित्र ‘हैरान’को ट्रेलर सार्वजनिक भएको छ । विश्वकै कान्छा निर्देशकको रूपमा परिचित सौगात विष्टको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको हो ।
बलिउडकी चर्चित अभिनेत्री करिष्मा कपूर नेपाल आइपुगेकी छिन् ।
अभिनेत्री रेखा थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘मालिका’को छायाङ्कन सुरु भएको छ । रेखा फिल्मसको पाँचौँ प्रस्तुतिको रूपमा मालिकाको छायाङ्कन सुरु भएको हो । सोमबार बिहान पशुपतिमा पूजाआजा गर्दै बालुवाटारबाट चलचित्रको छायाङ्कन सुरु भएको हो ।
गत शुक्रवारबाट प्रदर्शन भइरहेको चलचित्र ‘डमरुको डण्डीबियो’को नयाँ गीत सार्वजनिक भएको छ । ‘गन्तव्य’बोलको गीत चलचित्र रिलिज भइसके पश्चात् युट्युब मार्फत सार्वजनिक गरिएको हो ।