2083 अश्विन 16, शुक्रबार

करण जोहर भन्छन् ‘म फ्लप कलाकार हो’

बलिउडको चर्चित नाम हो–करण जोहर । निर्देशक, निर्माता र प्रस्तोताको रूपमा करण हिट छन् भने उनी केही चलचित्रमा अभिनय पनि गरेका छन् । तर करणको अभिनय रहेको प्राय चलचित्र फ्लप छन् ।

‘क्याप्टेन’मा अनमाेलको कोच बन्दै प्रशान्त 

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को हाल छायाङ्कन भइरहेको छ । अनमोल चलचित्रमा फुटबल खेलाडीको रूपमा देखिन्दैछन् ।

ऋचाको ‘सुनकेशरी’को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

अभिनेत्री ऋचा शर्माको निर्माणमा बनेको चलचित्र ‘सुनकेशरी’को रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार राती सार्वजनिक भएको ‘मायाले छोई’ बोलको गीतमा सनुप पौडेलको स्वर रहेको छ।

कस्तो रह्यो ‘डमरुको डण्डीबियो’को दुई दिने कलेक्सन ? 

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘डमरुको डण्डीबियो’ले व्यावसायिक हिसाबमा राम्रो सुरुवात गरेको छ । निर्माण पक्षको अनुसार पहिलो दिन बस व्यवसायीको बन्दको मर्कामा परेको चलचित्रले ५० प्रतिशत माथि अकुपेन्सी कायम गरेको बताइएको छ । त्यस्तै शनिवार देशभरका हलमा ८० प्रतिशत माथि अकुपेन्सी रहेका निर्माण पक्षले दाबी गरेको छ । शनिवार बिहानबाट विप्लव माओपादीको बन्दको हल्ला थियो ।

रणबीरको कारण आलिया र कट्रिनाको झगडा !

बलिउडमा अभिनेत्रीद्धय कट्रिना कैफ र आलिया भट्टको मित्रताको निकै चर्चा हुने गर्दछ । यी दुई आफूहरूलाई सामाजिक सञ्जालमा बेस्ट फ्रेण्डको रूपमा चिनाउने गर्दछन् । तर यति बेला यी दुईको मित्रता चिसिएको भारतीय मिडियाले लेखेको छ ।

दीपकराज गिरीले किने ८० लाखको कार 

चलचित्र ‘छक्का पञ्जा ३’को तयारीमा व्यस्त भएका कलाकार दीपकराज गिरीले नयाँ कार किनेका छन् ।

‘डमरुको डण्डिबियो’लाई कलाकारको प्रतिक्रिया (भिडियो)

आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘डमरुको डण्डिबियो’को शुक्रवार बिहान विशेष सो आयोजना गरिएको थियो । कमलपोखरी स्थिति कुमारी हलमा आयोजना भएको विशेष सोमा चलचित्रका निर्देशक छेतेन गुरुङ, कलाकारहरू खगेन्द्र लामिछाने, अंकित खड्का, बुद्धि तामाङ, लक्ष्मी बर्देवा सहित अन्य निर्देशक, कलाकार र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

दोस्रो सातामा ‘कोहलपुर एक्सप्रेस’, टिमले गर्‍यो सेलिब्रेसन 

गत साताबाट प्रदर्शनमा आएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ दोस्रो सातामा प्रवेश गरेको छ। अभिनेत्री केकी अधिकारीको निर्माण, विशाल भण्डारीको निर्देशन रहेको चलचित्रले पहिलो सातामा सन्तोषजनक व्यापार गरेको छ ।

फ्राइडे रिलिजमा ‘डमरुको डण्डीबियो’ र ‘भोर’, कुन हेर्ने ? 

आज शुक्रवार सिनेमा घरमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । दुई फरक कथावस्तुमा आधारित चलचित्र ‘डमरुको डण्डीबियो’ र ‘भोर’ आजबाट प्रदर्शनमा आएको हो । यी दुई चलचित्रमा डमरुको डण्डीबियोले मल्टिप्लेक्सका केही बढी सो पाएको छ भने भोरले कम सो पाएको छ ।  सिंगल थिएटरमा पनि दुवै चलचित्रको सो रहेको छ । चलचित्र ‘डमरुको डण्डीबियो’मा अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको  ।

एक अर्ब माग राख्दै कपिलले पत्रकारलाई पठाए नोटिस

कमेडीयन कलाकार कपिल शर्माले आफ्नो अपमान गरेको भन्दै भारतको एक इन्टरटेन्टमेन्ट न्यूज पोर्टलका पत्रकारलाई नोटिस पठाएका छन् ।