चलचित्र ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रम बिच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।
लामो समयदेखि मिडियामा नायक सबिन श्रेष्ठ र नायिका अनु शाहबिचको प्रेमसम्बन्धको चर्चा हुने गर्दछ । केही समय अघि मिडियामा यी दुईको विवाह भएको समेत खबर बाहिरिएको थियो ।
गत शुक्रवार देखि बलिउड अभिनेत्री आलिया भट्ट अभिनित ‘राजी’ रिलिज भएको छ । राजीमा आलियाको कामले निकै तारिफ पाइरहेको छ भने बक्स अफिसमा पनि यो चलचित्रले राम्रो कमाई गरिरहेको छ ।
फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिबलमा बलिउड अभिनेत्रीले आफ्नो जल्बा देखाइरहेका छन् । त्यस्तै शुक्रवार अभिनेत्री कंगना रनावत रेड कार्पेटमा पुन देखिएकी थिइन् । फरक पहिरनमा देखिएकी कंगनाले डीजाइनर नेड्रेट ट्यासीरोग्लु डिजाइन रहेको कैटसूट लगाएकी थिइन् ।
चलचित्र ‘प्रेमगीत’बाट चर्चामा आएकी नायिका पूजा शर्मालाई प्राय एउटै आरोप लाग्ने गर्छ । पूजाले निर्देशक सुदर्शन थापा बाहेकका चलचित्र नगर्ने आरोप खेप्दै आएकी थिइन् । त्यस्तै गतबर्ष पूजा र सुदर्शन मिलेर ‘म यस्तो गीत गाउँछु’ निर्माण गरेका थिए ।
चलचित्र ‘छक्का पञ्जा ३’को अपौचारिक रूपमा छायाङ्कन सुरु भएको छ । शुक्रवार बिहान चलचित्र युनिटले भक्तपुरस्थित सुर्यबिनायक मन्दिरमा पूजा गरी चलचित्रको छायाङ्कन सुरु गरेको थियो ।
चलचित्र ‘बोबी’ले नर्वेमा भव्य प्रिमियर सो सम्पन्न गरेको छ । नर्वेको ओस्लोस्थित भीका भिक्टोरिया हलमा चलचित्रको प्रिमियर सो आयोजना गरिएको थियो । उक्त सोमा करिब ४ सय बढी उपस्थित रहेको बताइएको छ ।
पछिल्लो समय आलिया भट्ट र रणबीर कपुरको प्रेम चर्चाले सामाजिक सञ्जाल भरिएका छन् । केही दिन अघि अभिनेत्री सोनम कपूरको विवाह पार्टीमा आलिया र रणबीर एकसाथ पुगेपछि प्रेमचर्चा अझ बढी भएको हो ।
अभिनेता नाजिर हुसेनको निर्देशन र अभिनय रहेको नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस’ वैशाख २८ गते शुक्रवार (आज)बाट मञ्चन सुरु भएको छ ।
आज शुक्रवार नेपाली सिनेमाघरमा पाँच चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । जसमा तीन नेपाली चलचित्र छन् भने दुई बलिउड चलचित्र रहेका छन् । यो साता नेपाली चलचित्रमा लम्फु, मनाङ्गे नानी र हिरोज रहेको छ ।