2083 श्रावण 24, आईतबार

'माइली'मा गायिका कमला घिमिरे र अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित 

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र 'माइली'मा गायिका कमला घिमिरे र अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएका छन् । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रबाट गायिका कमलाले फिल्मी अभिनयमा ‘डेब्यू’ गर्न लागेकी हुन् ।

वेब सिरिज ‘घर बट इन अमेरिका’बाट अरुणिमा लम्सालको कमब्याक

नेपाली चलचित्रमा एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल १० वर्षपछि अभिनयमा फर्केकी छन्। उनले हालै मात्र  ‘घर बट इन अमेरिका’ शीर्षकको वेब सिरिज छायांकन थालेकी छन्।

'घरज्वाइँ'को दोस्रो गीत 'यानीमाया' सार्वजनिक

अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र 'घरज्वाइँ'को दोस्रो गीत 'यानीमाया' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् ।

रामकृष्ण ढकाल अभिनीत 'मायाको घर' सार्वजनिक

गायक रामकृष्ण ढकालको नयाँ गीत 'मायाको घर' सार्वजनिक भएको छ। गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ।

'आउट ल : दफा २१९'मा सुशीलको लुक्सको चर्चा

निर्माणपक्षले सुशीलको केही तस्बिर सार्वजनिक गरेको छ । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् । यसले, चलचित्रमा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन होला भन्ने कौतुहलता दर्शकमाझ बढ्ने निश्चित छ ।

चलचित्र 'तै चुप मै चुप' को निर्माण घोषणा

पोलिटिकल कमेडी चलचित्र 'तै चुप मै चुप' को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो ।

आँचल र विवेकको 'वर एण्ड बधु' भदौ १४ मा

चलचित्र 'वर एण्ड बधु'को रिलिज मिति पक्का गरिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्र भदौ १४ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ ।

चलचित्र 'नम्बरी सुन'को प्रदर्शन मिति हेरफेर

चलचित्र 'नम्बरी सुन'को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि यो फिल्म भदौ १ गते रिलिज हुने भनिए पनि अब भने साउन २५ गते रिलिज हुने भएको छ ।

हिमालको 'न मैले लेखें, न उनले लेखिन्' नयाँ भर्सनमा 

गायक हिमाल सागरको स्वर र सङ्गीतमा विसं २०६० सालमा तयार भएको 'रिलेसन' एल्बममा समावेश सुपर हिट गीत ‘न मैले लेखें, न उनले लेखिन्’ लाई नयाँ भर्सनमा तयार गरिएको छ ।

'निलम्स अवार्ड २०२४' सम्पन्न, ७ जना सम्मानित

प्राइड मन्थ २०२४ को अवसरमा क्रमशः इन्टरटेनमेन्टको ब्यानरमा निलम्स अवार्ड सम्पन्न भएको छ। शुक्रवार राजधानीको योग मुभी गार्डनमा अवार्ड सम्पन्न भएको हो। अवार्ड कार्यक्रम ट्रान्स एक्टिभिस्ट, मेक अप आर्टिष्ट तथा समाज सेवी निलम पौडेलको एकल पहलमा सम्पन्न भएको थियो।