नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र 'प्रकाश' भिडियोपसल एपमा रिलिज भएको छ । सामाजिक यथार्थमा आधारित 'प्रकाश'मा गरेको अभिनयलाई लिएर नायक प्रदीपको चौतर्फी तारिफ भएको थियो । चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका थिए ।
चलचित्र 'होस्टेल ३'मा प्रमुख भूमिकाको लागी रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। यसअघि नै चलचित्रमा चर्चित 'कुल ब्वाय' अर्थात् पारस बम अनुबन्धित भइसकेका छन् ।
जेठ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र 'गाउँ आएको बाटो'को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको सङ्गीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ ।
चलचित्र 'छक्का पन्जा ५'को निर्माण घोषणा गरिएको छ । सोसल मिडियामा पोस्टर सार्वजनिक गर्दै आगामी दसैँको फूलपाती अर्थात् असोज २४ गतेलाई चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।
चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । चलचित्रका लागि मुख्य भूमिकामा यस अघि नै गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गरिएको छ ।
चलचित्र ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका कलाकारद्वय पृथ्वीराज प्रसाईँ र अनु शाह फिचर्ड छन् जहाँ उनीहरूलाई रोमान्टिक भावमा देख्न सकिन्छ ।
यही जेठ १९ गते शनिवार भक्तपुर राधे राधे स्थित हेरिटेज प्यालेसमा साङ्गीतिक कार्यक्रम 'मीड भक्तपुर म्युजिकल फेस्ट' हुने भएको छ ।
धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र 'खुस्मा'को छायाङ्कन सकिएको छ । पहिलो चरणमा मनाङमा र दोस्रो चरणको छायाङ्कन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो ।
चलचित्र 'लण्डन टु पेरिस'को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर मा डेव्यु अभिनेता निश्चल, अभिनेत्री साम्राज्ञी र गरिमा बिच को त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।
बिहीबार बुद्ध जयन्तीको दिन प्रदर्शनमा आएको चलचित्र 'पुजार सार्की'को तेस्रो दिन शनिवार चलचित्रको व्यापार अझै आक्रामक देखिएको छ।