2083 मंसिर 9, मंगलबार

अस्ट्रेलियाबाट फर्केकी करुणा मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा 

मिस नेपालमा सहभागी हुनकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट भएकी छन् ।  

प्रदीप खड्का अभिनीत 'प्रकाश' भिडियोपसल एपमा रिलिज

नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र 'प्रकाश' भिडियोपसल एपमा रिलिज भएको छ । सामाजिक यथार्थमा आधारित 'प्रकाश'मा गरेको अभिनयलाई लिएर नायक प्रदीपको चौतर्फी तारिफ भएको थियो । चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका थिए ।

'होस्टेल ३'मा 'कुल ब्वाय' पछी जोडिए रिहान,पदम र सिम्रन

चलचित्र 'होस्टेल ३'मा प्रमुख भूमिकाको लागी रिहान गिरी, पदम तामाङ र सिम्रन पन्तको प्रवेश भएको छ। यसअघि नै चलचित्रमा चर्चित 'कुल ब्वाय' अर्थात् पारस बम अनुबन्धित भइसकेका छन् ।

'गाउँ आएको बाटो'को गीत 'राई माईला' सार्वजनिक

जेठ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र 'गाउँ आएको बाटो'को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको सङ्गीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ ।

'छक्का पन्जा ५' निर्माण घोषणा, फूलपातीमा रिलिज

चलचित्र 'छक्का पन्जा ५'को निर्माण घोषणा गरिएको छ । सोसल मिडियामा पोस्टर सार्वजनिक गर्दै आगामी दसैँको फूलपाती अर्थात् असोज २४ गतेलाई चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

'पूर्ण बहादुरको सारङ्गी'मा अञ्जनाको इन्ट्री 

चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । चलचित्रका लागि मुख्य भूमिकामा यस अघि नै गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गरिएको छ  ।

‘ईश्वर’को पोस्टर सार्वजनिक

चलचित्र ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका कलाकारद्वय पृथ्वीराज प्रसाईँ र अनु शाह फिचर्ड छन् जहाँ उनीहरूलाई रोमान्टिक भावमा देख्न सकिन्छ ।

जेठ १९ गते 'मीड भक्तपुर म्युजिकल फेस्ट'

यही जेठ १९ गते शनिवार भक्तपुर राधे राधे स्थित हेरिटेज प्यालेसमा साङ्गीतिक कार्यक्रम  'मीड भक्तपुर म्युजिकल फेस्ट' हुने भएको छ । 

४० दिनमा सकियो 'खुस्मा'को छायाङ्कन  

धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र 'खुस्मा'को छायाङ्कन सकिएको छ । पहिलो चरणमा मनाङमा र दोस्रो चरणको छायाङ्कन पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा गरिएको हो ।

'लण्डन टु पेरिस'को ट्रेलर सार्वजनिक

चलचित्र 'लण्डन टु पेरिस'को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर मा डेव्यु अभिनेता निश्चल, अभिनेत्री साम्राज्ञी र गरिमा बिच को त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।