चलचित्र 'चित्रा'को पोखरा स्थित हिमाज सिनेमा लामाचौरमा विशेष शो गरिएको छ । आफ्नै गृह जिल्ला पोखरामा गरिएको उक्त शोमा 'चित्रा'का कलाकार एवम् कार्यकारी निर्माता सन्तोष अधिकारीको पनि सहभागिता रहेको थियो ।
निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ चलचित्र 'पेनसनपट्टा' निर्देशन गर्ने भएका छन् ।
वेब सिरिज 'साहु बा'को टिजर सार्वजनिक गरिएको छ । 'साहु बा'मा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।
केही दिन अघि रिलिज गरिएको चलचित्र 'सतीदेवी'को टिजरले उत्साहजनक प्रतिक्रिया पाएको छ । सार्वजनिक टिजरको कमेन्टमा धेरैले चलचित्र हेर्न आतुर भएको प्रतिक्रिया दिएका छन् ।
चेपाङ जातीको जीवन कथा समेटिएको डकुमेन्ट्री चलचित्र 'पचेडा'को ट्रेलर सार्वजनिक गरिएको छ ।
राजनराज शिवाकोटी र टिका सानुको आवाजमा रहेको नयाँ गीत 'फेरी भेट कहिले होला नी' सार्वजनिक भएको छ।
गन्धर्व परिवारको कथा बोल्ने चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'को छायाङ्कन सुरु गरिएको छ । चलचित्रको छायाङ्कन ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो ।
चलचित्र 'मोदीबेनी'का कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई पोस्टर सार्वजनिक गरिएको छ।
'अक्वा जुम्बा'ले तेस्रो वार्षिकोत्सवको अवसर पारेर 'बिट द हिट विद अक्वा जुम्बा' नामक कार्यक्रमको आयोजना गर्ने भएको छ । यही जेठ २६ गते शनिवार बिहान ७ बजेदेखि ११ बजेसम्म हात्तिगौँडा स्विमिङ पूलमा अक्वा जुम्बाको उक्त कार्यक्रम गर्न लागिएको हो ।
मिस नेपालमा सहभागी हुनकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट भएकी छन् ।